महसुल वृद्धि तर खानेपानीको सङ्कटमा बजारवासी

सरोजराज पन्त
पानी जीवन हो । स्वच्छ पानी मानिसका लागि अति आवश्यक छ । पानी विकासको अति आवश्यक र महत्वपूर्ण पूर्वाधार हो । पानीको उपयोग मात्र पिउने आपूर्तिमा मात्र सीमित छैन । पानी भाँडा माझन, खाना पकाउने, सरसफाई गर्नको लागि, बोट बिरुवा लुगा धुनेको लागि, नुहाउनका लागि, पशुपक्षिपालन गर्न, जलविद्युत उत्पादनको लागि, किचन गार्डेन, सिंचाइ, विकास निमार्ण आदि क्षेत्रहरूमा पानीको फरक फरक काम र आवश्यकता पर्दछ ।

जलस्रोतमा धनी जिल्ला, बागलुङ बजारको पूर्व कालिगण्डकी, पश्चिम काठेखोला बाह्रै महिना कलकल बगिरहे पनि बत्ति मुनिको अध्यारो बागलुङ बजार अहिलेसम्म पनि स्वच्छ पिउने पानीको अभावमा तडपिरहेको छ । जताततै पानी छ तर पिउनको लागि एक थोपा पानी पनि छैन भन्ने भनाइ ठयाक्कै मिल्ने बागलुङ बजारको यो समस्या अहिले शहरीकरण भएर धेरै जनसख्या बढेकोलेमात्र आएको नभै पहिलै देखि रहदै आएको पाइन्छ । जनकवि केशरी धर्मराज थापा २०२३ सालमा बागलुङ आएका बेला बागलुङ बजारमा भएको खानेपानीको हाहाकार र पानीका लागि महिला(पधेर्नी)हरुको दुःख देखे पछि तयार गरिएको गीत तत्कालीन धौलागिरी अञ्चलको अञ्चलाधीसको कार्यालय हालको जिल्ला प्रशासन कार्यालय बागलुङको प्राङ्गणमा गाउनुभएको ‘बागलुङको बजार, पधेर्नीलाई दुःख हजार’ । गीतबाट स्पष्ट हुन्छ कि यहाँ पानीको अभाव पहिला पनि थियो र अहिले पनि यस्तै छ । थाप्लो माथिको बागलुङेले कहिले फेर्ने चोला भने झै महङ्गो महसुल तिरेर पनि अहिले अवस्था थप नाजुक बनेको छ ।

धर्मराज थापाले गीत गाएको अहिले ५८ वर्ष भइ सकेको छ । यो बीचमा बागलुङको भौगोलिक मुहार फेरियो बिधुत, सडक, सञ्चार, शिक्षा, स्वास्थ्य आदिमा विकासले फड्को मा¥यो खानेपानीको समस्या समाधान गर्न अहिले घरघरमा धारा जडान भए तरपनि अहिले पनि उस्तै अवस्था छ । महिलाहरुलाई आजपनि बिहान बेलुका पहिले जस्तो पधेरामा धाउनु पर्ने बाध्यता छदैछ । घरमा भएको धारामा हेरेर मोटर ठिक्क पार्ने तर बेला बेलामा लामो समय देखिने खानेपानीको समस्याले बजारबासीलाई सकस दिइ रहेको छ । हिउँदमा पानी कम भएर अनि बर्खायाममा पहिरो, बाढी, भेल आदिका कारण बागलुङमा खानेपानी समस्या रहि रहेको छ भने वितरण गर्दै आएको खानेपानी शुद्धिकरण नगरी वितरण गरिनुले स्वास्थ्य समस्या आउने गरेको उपभोक्ताको गुनासो छ । धमिलो पानी आउँदा उपभोक्तालाई दूषित पानीले झाडापखाला, हैजा, टाइफाइड, पोलियो जस्ता रोग लाग्ने र दूषित पिउने पानीकै कारण बर्षेनि हजारौ मानिसले स्वास्थ्य समय झेल्न विवश छन । बर्ष याममा पानीजन्य रोगले स्वास्थ्य समस्या देखिने भएकाले उमालेर मात्र खानेपानी पिउन स्वास्थ्यकर्मीको सुझाव रहेको छ ।

त्यहाँ पानीका दुई मुख्य स्रोतहरू मध्ये एक सतह पानी र जमिन भित्रको पानी जसमा सतह पानी ताल, नदी र जलाशयहरूमा भेटिन्छ । भूगर्भीय जमिनको सतह मुनि रहेको छ, जहाँ जमिनको पानी भण्डार र प्रसारण गर्न चट्टानहरुको भूमिका रहन्छ । पानी प्रदूषण तब हुन्छ जब विषाक्त पदार्थहरू ताल, नदीहरू, समुद्र र यस्तै अन्य पानीमा स्रोतहरुमा प्रवेश गर्छन् र पानी प्रदुषित हुन्छ । बागलुङमा पानी प्रदुषण रहेको गुनासो बढेकोले बिगतमा खानेपानीलाई शुद्ध बनाई वितरण गर्न उच्च अदालत पोखरा बागलुङ इजलासले मिति २०७५ भदौ १८ गते नगर खानेपानी उपभोक्ता संस्थाको नाममा परमादेश जारी गरेकोमा अहिलेसम्म पनि अदालतले गरेको परमादेशको पूर्ण पालना भएको देखिदैन । शुद्ध खानेपानी पाउनुपर्ने नागरिकको अधिकार भएतापनि बागलुङ बजारबासीको शुद्ध पानी प्रयोग गर्ने अपेक्षा सपना बन्दै आएको गुनासो छ ।

अहिले यो कोरोना कहरमा पनि डराइ डराइ दैनिकजसो गाग्री, ग्गालिन, बोटल र अन्य भाँडाकुडा बोकेर तित्याङको फड्केडाँडा, गैडाकोट, उपल्ला चौरको हाँडेपाला लगायतको क्षेत्रमा बजारका स्थानीय खानेपानी ल्याउनका लागि विहान बेलुका भीडभाड गर्दे हिँडेका स्थानीय बागलुङ बजारमा जताततै देखिनुले यो समस्या बढदै गएको देखिन्छ । प्रसस्त पानी नआउने र धमिलो पानी आउने समस्या टार्न बजारवासी जारको पानी खरिद गरेर पिउने, टयाङ्करमा मगाएर काम चलाउने गर्दे आएको भए तापनि बढी मागका कारण त्यो पनि बेला बेलामा अभाव हुने गरेको छ । कमजोर आर्थिक अवस्था भएका नागरिकलाई भने यसले थप समस्या सृजना गराएको छ । यस्तै पानी वितरणमा पनि समस्या छ उच्च भूभागमा कतै पानी मोटर लगाएर पनि पानी नआउने गरेको छ भने ओरालो भूभागमा कतै पानी प्रसस्त आउनुले यो समस्या देखिन्छ ।

पानी नआएपनि, धमिलो पानी आएपनि विल तिर्न बाध्य भने सस्थाले गराइ रहन्छ । अहिले खानेपानीको थप पिडा दिदैं न्यूनतम ८ युनिकोट १०० लिदै आएको महसुलमा आगमी भदौदेखि १० युनिटको ३०० रुपैया लिने निर्णय गरेको छ । सरोकारवालासंग छलफल नगरी निर्णय गरिनु गैर जिम्मेवारी काम हो । नगर विकास कोषलाई रु. २ करोड ८१ लाख रकम तिर्न बाँकी रहेकाले बाध्य भएर महसुल वृद्धि गरेको भन्दैं खानेपानी संस्था अस्थिर बनाएर बक्यौता रकम उठाउन नसकी संस्थाका केही सदस्यहरुले असहमतीमा महसुल वृद्धिको निर्णयमा हुनु र समितिले बैठक भत्तामा रु. ५०० ले वृद्धि गरी एक हजार ५०० पु¥याएको छ । यसको चौतर्फी विरोध भै रहेको छ ।

खानेपानीलाई शुद्धीकरण गर्न नसकेको नगर खानेपानी कार्यालयले धमिलो दूषित पानी बितरण गँदै आएकाले उपभोक्ताहरु आलोचना गर्दै आएका छन् । धमिलो पानी वितरण नगर्न अदालतले समेत आदेश दिएकोमा अदालतलाई समेत संस्थाले टेरेको छैन । अहिले अदालतको अपहेलना मुद्धासमेत दर्ता भएको छ । त्यसो त बागलुङ नगर खानेपानीले वितरण गर्दै आएको खानेपानी वर्षा हुँदा साथ फोहोर आउने गरेकोले सफा पानीका लागि पानी लिन जाने सख्या पनि कम छैन । एकातर्फ प्रसस्त पानी नआउनु आए पनि धमिलो र पानीमा कोलिफर्मको मात्रा देखिदा बागलुङ बजारमा आएको पानी पिउन कम प्रयोग गर्न थालिएको छ । हिउँदमा आवश्यकता भन्दा थोरै र बर्खामा धमिलो पानी आउने, पहिरोका कारण खानेपानी अवरुद्ध हुँदा उपभोक्ताहरु बर्षेनि समस्या झेल्दै आएका छन् ।

नगरको खानेपानीमा स्वास्थ्य कार्यालयले गरेको परीक्षणमा पटक पटक कोलिफर्म भेटिनुले पनि बजारबासी तर्सित हुने गरेका छन । खुला टयाङ्कीका कारया फोहोर पानी आउनुका साथै आकाशबाट पानी पर्दा साथ धारामा सोझै धमिलो पानी आउने गरेको छ । हिउँदमा खानेपानी थोरै आउँदा समस्या भएर पानी लिन जाने उपभोतmा बर्खामा खानेपानी नआएर, आएपनि खोलाको भल जस्तै आउँनाले, त्यस्तो पानी प्रयोग गर्ने स्वास्थ्यको दृष्टीले ठिक नभएकोले, घण्टौ समय खर्चेर, हिँडेर र बोकेर पानीको गर्जो टार्ने काम गर्नु विवशता र दैनिकी बनेको छ । बिगतमा यस सस्थाको बारेमा विविध समस्यालाई लिएर सामाजिक सञ्जालमा गुनासो आउने, मुद्घा हाल्ने, आदेश दिने, न्यूज २४ को सिधाकुरा जनतासँग कार्यक्रमका सञ्चालक रबि लामिछाने आएर अबलोकन गरेर सुधारकालागि सुझाव दिएको यर्थाथता पनि हामी माझ छिपेको छैन । यसैगरी गत हप्तामात्र सिधाकुरा जनतासँग कार्यक्रमा यो समस्या गहन रुपमा उठाएर समस्या समाधानकालागि पहल भयो यद्यपि समितिले कमजोरी स्विकार नगरी पन्छिने गरेकाले आजसम्म पनि अपेक्षित उपलव्धि हात पर्न सकेको छैन ।

त्यता बागलुङ बजारमा खानेपानी वितरणको जिम्मा लिएको बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाको मेहनतको कथा र व्यथा उस्तै छ । खानेपानीको मुहान रहेको काठेखोला गाउँपालिका भौगोलिक रुपमा जटिल हुनु, भूदी खोला र रिठेखोलाको पानी ल्याउन बिग्रेपछि मर्मत कार्य गर्न समय लाग्ने, नगरपालिका आउने पाइप लाइन उपर्युक्त स्थानबाट नल्याउनु, बर्खा लाग्दा साथ पहिरोले ठाउँ ठाउँमा पाइप बगाउनु, खानेपानी बितरणमा समस्या हुनु, उपभोक्तmा बढदै जानु, शुद्धिकरण गर्ने प्लान्ट बिग्रेनुले समस्या आएको छ । यो बर्षमात्र पिउनको लागि बागलुङ बजारमा ल्याईएको पाईपलाई व्यवस्थित गर्ने काम थालिएको भन्दै सस्थाले दर्जनौ पटक सुचना गरेको छ । गत बर्ष २३ नम्बर सैनिक अड्डा सेराडिल व्यारेक बागलुङबाट नेपाली सेनाको सहयोगमा ढुङगा जम्मा गरेर ग्याविन लगाउने काम देखि पटक–पटक अप्ठारो पर्दा सहयोग गरेको छ ।

यस्तै खानेपानी संस्थाका कार्य समिति, कार्यालयका कर्मचारीको संयुक्त सहयोगमा मर्मत कार्य भएकोमा पहिरोले पानीको पाईप बगाउँदा बजार क्षेत्र भित्र प्रयाप्त पिउने पानी उपलब्ध गराउन समस्या हुने गरेको छ । बागलुङ बजार क्षेत्र भित्र रेश खोला मुहान र भुदी खोला मुहानबाट ल्याईएको पिउने पानीको पाईप हरेक बर्ष अविरल बर्षाको कारण बागलुङ नगरपालिका वडा नं.३ स्थित बोक्से, दोविल्ला, जिरेदी, मुहान क्षेत्र लगाएका विभिन्न स्थानमा पहिरोले वगाउने र तत्कालको वैकल्पिक स्रोत प्रयोग गरी पानी ल्याउन कठिन हुँदा पानीको अभाव हुने गरेको छ । बर्षायाममा राम्रोसग उमालेर र शुद्ध गरि प्रयोग गर्नुहुन सम्पुर्ण उपभोक्ताहरुलाई हार्दिक अनुरोध गदै र पानी नियमित नभएकोमा उपभोक्ता महानुभावलाई पर्न गएको असुविधा प्रति क्षमा माग्ने गरेको सस्थाले अब उपभोतmाको माग पुरागर्न अबिलम्व दीघकालीन योजना तय गर्न सकेको छैन ।

पानी जीवन भर र आधार हो । स्वच्छ पानी बिना मानिसको अस्तित्व सम्भव छैन र पानीको विकल्प पनि छैन । जीवनका लागि अति आवश्यक पानी आपुर्ति हुनु जीवन र विकासको लागि अति आवश्यक र महत्वपूर्ण भएकोले यहाँ रहेका पानीका स्रोतहरु पूर्व कालिगण्डकी, पश्चिम काठेखोला बाह्रै महिना कलकल बगिरहे पनि बत्ति मुनिको अध्यारो बागलुङ बजार कहिलेसम्म काकाकुल हुने र स्वच्छ पिउने पानीको अभावमा कहिलेसम्म तडपिरहने ? के कालीगण्डकीको पानी तानेर प्रसोधन गर्न र पानीको आपुर्ति पुरा गर्न सकिदैन? यो बिषयमा थप अध्ययन अनुसन्धान गरी सबै सरोकार बाला निकायको सहयोग र समन्वयमा दीघकालीन योजना बनाउन वा तत्काल अन्य वैकल्पिक स्रोत खोज्न र पिउने पानीको माग अनुरुप आपूर्तिमा गर्न र अव्यवहारिक महसुल वृद्धिको निर्णय अविलम्व फिर्ता गर्न ढिला नहोस भन्ने बागलुङ बजारवासीको जोडदार माग रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *