बागलुङमा कोरोना बिरुद्धको सजगता तयारी

पूर्ववत सचेतताका लागि जिल्ला ‘लक डाउन’, तीन महिना पुग्ने खाद्यान्न सञ्चित, पाँच भन्दा बढी जम्मा हुन नपाइने

जागरण डेस्क,बागलुङ
विश्वव्यापी भयावहको रुपमा फैलिएको कोरोनाको जिल्लामा पनि जोखिम बढेपछि आजदेखि ‘जिल्ला लक डाउन’ गरिएको छ ।

जिल्ला विपत व्यवस्थापन समितिको सरोकारवाला सहितको सर्वपक्षिय बैठकले जिल्लामा अत्यावश्यकीय बाहेकका सम्पूर्ण काम र सेवा पूर्ण रुपमा बन्द गर्ने गराउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले जानकारी दिए । अब काम बिशेषले पनि बढिमा पाँच जना भन्दा बढी भेला हुन समेत पाइने छैन । प्रजिअ शैजुका अनुसार, दैनिक उपभोग्य सामान, खाद्यान्न,दुध, औषधि, पानी, पेटोलियम पदार्थ, उद्धार, राहत तथा स्वास्थ्य उपचार कार्यमा सम्लग्न यातायात बाहेक सबै प्रकारका यातायात –बस, जीप, पिकअप, ट्याक्सी, मोटरसाइकल, रिक्सा, पसल,उद्योग कलकारखाना पूर्ण रुपमा बन्द गरिएको छ ।

सर्वसाधारण नागरिकलाई आकस्मिक उपचार बाहेक अन्य कामका लागि घर बाहिर ननिस्कन आग्रह गरेको छ । यदी यसको बर्खिलाप गरि बिना कारण घर बाहिर निस्किएको पाइएमा सुरक्षाकर्मी तथा अधिकार प्राप्त अधिकारीले जाँचबुझ गरी कानुन बमोजिम कारवाही गरिनेछ ।
जिल्लामा कोरोनाका सम्भावित जोखिम र त्यसको पूर्ववत तयारीका क्रममा आइसोलेसन स्थापनाका लागि धौलागिरी अञ्चल अस्पतालका अतिरिक्त ८ बैकल्पिक स्थल प्रस्ताव गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई अन्र्तगत रहेको विज्ञान स्रोत केन्द्र भवन, बागलुङ नगरपालिकाको भवन, जिल्ला हुलाक कार्यालयको पुरानो भवन, पुरानो भेटेरिनटरी अस्पताल, कृषि सामग्री संस्थानको पुरानो गोदाम घर, कभर्ड हल, खुल्ला चौर, आदीवासी जनजातिको निर्माणाधिन भवनलाई प्रयोेग गर्न सकिने जनाएको छ ।

बागलुङमा तीन महिनालाई पुग्ने खाद्यान्न
कोरोनाले आम जनमानसलाई त्रास र भयग्रस्त बनाएसँगै बागलुङमा खाद्यान्न सञ्चित गर्न थालिएको छ । तर, जिल्लाका मुख्य डिपो र व्यवसायीहरुका अनुसार यस्तो हतारो गर्नुपर्ने कुनै जरुरी छैन । बागलुङ जिल्लामा तीन महिनालाई पुग्ने खाद्यान्न सञ्चित रहेको छ ।

खाद्यान्न अभाव हुन नदिन बागलुङ उद्योग बाणिज्य संघले समेत बिशेष पहल थालेको छ । उद्योग वाणिज्य संघ बागलुङको आयोजनामा सोमबार बसेको बैठकले जिल्लामा खाद्यान्न सहज बनाउनका लागि व्यापारीहरुलाई अनुरोध गरेको छ । संघले दैनिक उपभोग्य सामान, ग्यास तथा दुग्धजन्य अत्यावश्यक बस्तु बजारमा अभाव हुन नदिनका लागि ठूला तथा होलसेल व्यापारीहरुलाई अनुरोध गरेको बागलुङ उद्योग वाणिज्य संघ बागलुङका महासचिव नरेश कंडेलले जानकारी दिनुभयो । ‘हामीले जिल्लाका ठूला होलसेल व्यापारीहरुलाई खाद्यान्न सञ्चितको अवस्थाका विषयमा तथ्याङ्क संकलन गरिरहेका छौं’ कंडेलले भन्नुभयो ‘ग्यास र दूध बाहेकका खाद्यान्न तीन महिना सम्म पुग्ने गरी सञ्चित भएको पाइएको छ ।’

कंडेलका अनुसार, हाल बागलुङमा ग्यास नपाइएको गुनासो आए पनि अन्य उपभोग्य सामानको सहज उपलब्धता छ । मंगलबार देखि उद्योग बाणिज्य संघ बागलुङ बजार अनुगमनलाई समेत तिब्रता दिने कंडेलले जानकारी दिनुभयो ।

कोरोनाको सन्त्रासका कारण उपभोक्ताहरुले खाद्यान्न सञ्चित गर्नका लागि आवश्यक भन्दा बढी सामानहरु खरिद गर्ने गरेका छन् । यदी निरन्तर कोरोना समस्या र संकट जारी रहे बागलुङमा तीन महिनालाई खाद्यान्नको अभाव हुन नदिने गरी उद्योग बाणिज्य संघ बागलुङले समन्वय थालेको बागलुङ सघंका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिनुभयो ।

एक महिना व्यापार गर्न पुग्ने खाद्यान्न आफ्नो पसलमा रहेको प्रधान ब्रर्दश बागलुङका प्रोपाइटर कमल प्रधानले जानकारी दिनुभयो । प्रधानका अनुसार, तेल र चिनी भने आफ्नो गोदाममा छैन ।

अन्य पसल भने बन्द
उद्योग वाणिज्य संघ बागलुङले अत्यावश्यक उपभोग्य वस्तु बिक्री गर्ने पसल बाहेक सबै पसलहरु बन्द गर्न आव्हान गरेको छ । संघले तरकारी, खाद्यान्न, ग्यास, डिजेल, पेट्रोल, मट्टितेल बाहेकका पसलहरु बन्द गर्न भनिएको छ । अहिले मुलुकनै संकटको घडीमा रहेकाले यस्तो अवस्थामा घर भाडा समेत छुट गर्न बजारका घरधनीहरुलाई आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *