छ सरकारी कार्यालयको सार्वजनिक सुनुवाई


आदर्श अनलाइन, बागलुङ

बागलुङका छ कार्यालयको सेवा प्रवाहको विषयमा बागलुङको ऐतिहासिक पार्कमा आइतबार सार्वजनिक सुनुवाई गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना र भेटेरिनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बागलुङको संयुक्त आयोजनामा सार्वजनिक सुनुवाई गरिएको थियो ।

सार्वजनिक सुनुवाईमा जिल्ला प्रशासन कार्यालय बागलुङको प्रगती प्रतिवेदन सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले, कृषि ज्ञान केन्द्र बागलुङको प्रगती प्रतिवेदन बाली विकास अधिकृत कुमार पुनले, भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङको प्रगती प्रतिवेदन कार्यालय प्रमुख डा. ऋषिराम सापकोटा, नापी कार्यालय बागलुङको प्रतिवेदन नापी अधिकृत मौसम सुनाम, मालपोत कार्यालयको प्रगती प्रतिवेदन देवेन्द्र थापा, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको प्रगती प्रतिवेदन नारायण पौडेलले प्रस्तुत गर्नुभएको थियो भने प्राप्त जवाफको जिज्ञासा समेत मेटाउनुभएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा लक्ष्मी जिसी, ममता शर्मा, टिका बहादुर कार्की, संगम केसी, ललिता थापा, नवराज परियार दिलिप प्रर्तेल, कल्पना श्रेष्ठ र रुद्र महत लगायतले प्रश्न राख्नुभएको थियो ।

कार्यक्रममा कार्यालयको सेवा प्रवाहको विषयमा, मुश्कान सहितको सेवा नपाएको, मालपोतमा रकम जम्मा नगर्दै बैंक बन्द भएको पार्कीङ व्यवस्थापन नभएको लगायतका प्रश्न आएको थियो ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख अमर थापाको प्रमुख आतिथ्यता, कृषि ज्ञान केन्द् बागलुङका प्रमुख राजेश्वर सिलवालको स्वागत तथा पत्रकार तारानाथ आचार्यको सहजीकरणमा सम्पन्न भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *