बागलुङमा पहिलो पटक भेटियो कालाजार रोग


खेमराज गौतम, बागलुङ
बागलुङ जिल्लामा पहिलो पटक कालाजारको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार जिल्लाको ढोरपाटन नगरपालिकाका एक ६१ वर्षीय पुरुषमा कालाजार देखिएको हो ।

स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ छेन्तुका एक वृद्धमा कालाजार पुष्टी भएको हो । परजीवीकाले टोक्दा मानिसको मृत्युका कारणहरू मध्ये कालाजार औलोपछिको दोस्रो संक्रमण हो ।

स्यान्ड फ्लाई नामको भुसुनाको टोकाइका कारण कालाजार रोग लाग्ने गर्दछ । जिल्ला स्वस्थ्य कार्यालय बागलुङले उक्त कालाजारको संक्रमण देखिएको स्थानमा ४१ जना स्थानीयको कालाजारको परिक्षण( केस सर्विलेन्स) समेत गरिसकेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । जिल्लामा पहिलो पटक कालाजार देखिएकाले कालाजार देखिएको स्थानमा उच्च सर्तकता अपनाइएको, केस सर्विलेन्स गरिएको र आगमी दिनमा कालाजारको थपअ ध्ययन गरिने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले जानकारी दिनुभयो ।

“विभिन्न नयाँ तथा पुराना रोग तथा संक्रमणहरुको खोज पड्ताल गर्ने कार्य अन्र्तगत ढोरपाटनका वृद्धको उच्च ज्वरो निको नभएपछि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरी थप उपचारका लागि लुम्बीनी मेडिकल कलेज पु¥याउदा जेठमा कालाजार पुष्टी भएको पाइयो” प्रमुख आचार्यले भन्नुभयो “त्य स्थानमा तत्कालै स्वास्थ्यकर्मी पु¥याएर उहाँको सहित ४१ जना को नमूना सर्वेक्षण गरियो, अन्य व्यक्तिमा भने कालाजार भेटिएन, कालाजार फैलाउने परजिविको उक्त स्थानमा अध्ययन गर्नका लागि समन्वय भइरहेको छ ।”

आचार्यका अनुसार गण्डकी प्रदेश सरकारले आगमी आर्थिक वर्षमा ढोरपाटनको छेन्तुङ क्षेत्रमा कालाजारको अध्ययन गर्ने भन्ने सुचना समेत आएको छ । कालाजार पुष्टी भएका ६१ वर्षीय वृद्धको अत्याधिक मात्रमा तौल समेत घटेको छ । कालाजारका कारण ६१ वर्षका वृद्ध ८० वर्षको जस्तो देखिएको स्वास्थ्यकार्यालय बागलुङका मलेरिया इन्पेक्टर कमला थापाले जानकारी दिनुभयो ।
कालाजार देखिएपछि १४ दिन भन्दा बढी उच्च ज्वरो आउनु तौल घट्नु र शारिरिक रुपमा कमजोरी देखनु भएको थापाको भनाई छ ।

भन्दा बढी ज्वरो, तौल घट्ने, देख्दा ८० वर्षको बृद्ध जस्तो देखिनुहुन्छ । स्यान्ड फ्लाई नामको किराको अध्ययन गर्न (भ्याक्टर सर्विलेन्स) कालाजार लगाउने किरा छन् वा छैनन् भन्ने विषयमा अध्ययन आवश्यक रहेको थापाको भनाई छ ।

वृद्ध उपचार पछि घर फर्कीसक्नुभएपनि उक्त स्थानमा कालाजार पुन देखिन सक्ने भएकाले सर्तकता अपनाउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । कालाजार सङ्क्रमण भएपछि यो रोगको परजीवीहरू कलेजो तथा फियो जस्ता भित्री अङ्गमा सर्ने हुनाले यसलाई अङ्ग्रेजीमा भिसेरल लिस्मनाइअसिस भनिएको हो । यो परजीवी हाडमांसीमा पनि सर्ने गर्दछ ।

कालाजारको सङ्क्रमण भएपछि उपचार गरिएन भने बिरामीको मृत्यु हुन्छ । यो रोगका मुख्य लक्षण तथा चिह्नहरू ज्वरो आउनु, तौल घट्नु, थकान महशुस हुनु, रक्तअल्पता हुनु र कलेजो तथा फियोको आकारमा उल्लेख्य रूपमा वृद्धि हुनु आदि हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *