ग्रेस इन्टरनेशनलको ब्राण्ड एम्बेसेडर क्रिकेटर ऐरी बागलुङ आउने


आदर्श अनलाइन, बागलुङ

ग्रेस इन्टरनेशनलको ब्राण्ड एम्बेसेडर क्रिकेटर दिपेन्द्रसिंह ऐरी बागलुङ आउनुहुने भएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर खेलाडी दिपेन्द्रसिंह ऐरी ‘मिट एण्ड ग्रीट’ कार्यक्रमका लागि बागलुङ आउने कार्यक्रम तय भएको हो ।

ग्रेस इन्टरनेशनल बागलुङ शाखाको आयोजनामा असार २८ गते (शुक्रबार) दिपेन्द्रसिंह ऐरी बागलुङ आउने पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ ।

बागलुङ शाखाले मंगलबार पत्रकार सम्मेलन गरेर क्रिकेटर दिपेन्द्रसिंह ऐरी शुक्रबार बागलुङ आउने जानकारी दिएको छ ।

ग्रेस इन्टरनेशनल बागलुङ शाखाका प्रमुख ओमकार पौडेलले क्रिकेटर ऐरीले बागलुङका खेलाडीहरुलाई क्रिकेटको किट्सहरु वितरण गर्ने र खेलाडी तथा पत्रकारहरुसँग अन्तरक्रिया गर्ने बताउनुभयो ।

‘ग्रेस इन्टरनेशनलको सहयोगमा ऐरीले बागलुङका १० जना उत्कृष्ट खेलाडीलाई क्रिकेट ब्याट वितरण गर्नुहुन्छ,’ प्रमुख पौडेलले भन्नुभयो,‘बागलुङ क्रिकेट लिगको विजेता (बागलुङ क्रिकेट क्लब) टिमका खेलाडीलाई जर्सी, हेलमेट, प्याड लगायत क्रिकेटको किट्सहरु वितरण गरिने छ ।’

शुक्रबार नै दोस्रो सत्रमा विद्यार्थी, बागलुङका क्रिकेट खेलाडी, खेल संघका पदाधिकारी तथा सदस्यहरु र पत्रकारहरुसँग ऐरीले अन्तरसंवाद गर्ने प्रमुख पौडेलले बताउनुभयो ।

नेपालले भरखरै विश्वकप क्रिकेटमा सहभागिता जनाएर फर्किएकोले ऐरीसँग अनुभवन प्रदान गर्ने र क्रिकेटको बारेमा सहभागीहरुले प्रश्न सोध्न सक्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *