सहकारीमार्फत दूधको बजारीकरण गर्ने किसानले पाए १६ लाख अनुदान


खेमराज गौत, बागलुङ

बागलुङका दूग्ध किसानले यस वर्ष दूधमा पाइने अनुदान मार्फत रु. १६ लाख ४२ हजार रकम भित्राएका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले लिएको योजना मध्ये दूधमा अनुदान कार्यक्रम फलदायी भएको देखिएको छ ।

केन्द्रले घाँस र मासुमा दिइने अनुदान भने आगमी वर्षदेखि कटौती गरेको छ । घाँस र मासुमा दिने अनुदान प्रभावकारी नभएको केन्द्रको ठहर छ । केन्द्रले प्रतिलिटर दूधमा रु. २.५ रुपैयाँ अनुदान दिदै आएको छ । यस वर्ष छ वटा दूग्ध उत्पादक सहकारीमा आबद्ध किसानले साझै उक्त रकम पाएका छन् ।

दूधमा आत्मनिर्भर गराउन महत्वपूर्ण भूमिका खेलका दुग्द उत्पादनक सहकारीमा आवद्द किसानलाई प्रोत्साहन स्वरुप दूधमा अनुदान दिदै आएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ मा दूधमा अनुदान दिनका लागि भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले बिनयोजन गरेको रु.२४ लाख बजेट मध्ये रु. १६ लाख ४२ हजार रकम सोझौ किसानले पाएको केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाले जानकारी दिनुभयो ।

उहाँले दूधमा अनुदान पाउनका लागि एउटै संकलन केन्द्रले दैनिक २०० लिटर दूध संकलन र बजारीकरण गरेको हुनुपर्ने भएकाले व्यक्तिगत रुपमा दूध विक्रि गर्ने किसान मापदण्डमा नपर्ने बताउनुभयो ।

“संस्थागत रुपमा दूधको बजारीकरण गरेको तथ्याङ्कका आधारमा दूधमा रु.साढे दुई रुपैया अनुदान दिएका छौं” सापकोटाले भन्नुभयो “छ वटा सहकारी मार्फत दूधको संकलन र बजारीकरण गर्ने सहकारीमा आबद्ध किसानले मात्रै उक्त रकम प्राप्त गरेका छन्, हामीले व्यक्तिगत रुपम बिक्रि वितरण गरेको दूधलाई आधार मान्न सकिदैन, सहकारीको खातामा राखिएको रकम सहकारीले संकलन गरेको दूधको आधारमा पुन किसानलाई भुक्तानी गर्दछ ।”

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले बलेवाको कालीगण्डकी दूग्ध उत्पाकद सहकारी संस्था, जैमिनी दूग्ध उत्पादक सहकारी संस्था, कालीमाटी दूग्ध उत्पादक सहकारी संस्था, नमूना दूग्ध उत्पादक सहकारी संस्था, मिलीजुली दूग्ध उत्पादक सहकारी संस्था, पाला दूग्ध उत्पादक सहकारी संस्था र बागलुङ पशु स्रोत दुग्ध उत्पादक सहकारी संस्थाले दूधमा प्रतिलिटर रु. २.५ का दरले उक्त रकम पाएका छन् । छ वटै सहकारीले एक वर्षमा ६ लाख ५६ हजार लिटर दूध संकलन, प्रशोधन तथा बजारीकरण गरेका छन् ।

दूधमा अनुदान पाउदा किसानहरु दूध उत्पादनमा अग्रसर भएको किसान रुद्रनाथ शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले दिएको दूधको तथ्याङ्कलाई आधार मानेर जैमिनी नगरपालिकाको किसानलाई जैमिनी नगरपालिकाले समेत प्रतिलिटर २.५ रुपैया अनुदान दिन थालेको छ ।

यो पनि पढ्नुहोस्