परिसूचन साप्ताहिकको वार्षिकोत्सवमा शैक्षिक सामग्री हस्तान्तरण

आदर्श अनलाइन, बागलुङ

बागलुङबाट प्रकाशित हुँदै आएको परिसूचन साप्तहिक पत्रिकाले ११ औँ वर्षमा प्रवेश गरेको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

२०७१ साल असार २६ गतेबाट प्रकाश सुरु गरेको पत्रिकाले बागलुङ बजारको कालिका कन्या मन्दिर माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेर वार्षिकोत्सव मनाएको हो ।

कालिका कन्या माविका चार जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको पत्रिकाका कार्यकारी सम्पादक विजय रानाले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिका–३ मा रहेको विद्यालयको कक्षा २ मा अध्यनरत छात्रा सृष्टि रसाइली, कक्षा ४ मा अध्यनरत सनम नेपाली, कक्षा ५ मा अध्यनरत एलीसा तुलाचन र कक्षा ९ मा अध्यनरत एरिना लामालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको रानाले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पूर्व अध्यक्ष एवं सल्लाहकार मुकेशचन्द्र राजभण्डारीले देशको वर्तमान परिस्थितीले पत्रकारीता र पत्रकारहरुलाई पनि काम गर्न असहज भएको आर्थिक मन्दिको प्रभावमा सञ्चार माध्यम समेत परेको बताउनु भएको थियो ।

कार्यक्रममा पत्रकार महासंघका कोषाध्यक्ष खेमराज गौतम सुवास, प्रेस चौतारी बागलुङका अध्यक्ष सिर्जना पन्त, प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्ती मगर र विद्यालयका शिक्षक विरबहादुर किसानले शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम परिसूचन साप्ताहिक पत्रिकाका सम्पादक ताराप्रसाद शर्माको अध्यक्षता, कार्यकारी सम्पादक बिजय रानाको स्वागत र नवराज नेपालीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *