मध्यरातमा जलमग्न बागलुङ बजार, पसलमा क्षति


आदर्श अनलाइन, बागलुङ
भारी वर्षाका कारण बागलुङ बजार मध्यरातमा जलमग्न भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गबाट आएको भेल बागलुङ बजारमा पसेको थियो ।

बागलुङ बजारको श्रीनगर टोलदेखि हल्लनचोक सम्मको सडक जलमग्न भएको थियो भने, सडरबाट पानी छिरेर पसल तथा गोदाममा समेत क्षति पु¥याएको छ ।



मध्यरातमा बाढी तर्काउन नेपाल प्रहरी, नेपाली सेना समेत परिचालन गरिएपनि क्षति घटाउन नसकिएको हो । बागलुङ नगरपालिकाको विपद् व्यवस्थापन शाखाले मध्यरातमा भल तर्काउने र ठुबान भएका पसलमा कम क्षति पु¥याउने कार्य गरेको थियो ।

पञ्चकोट देखिको भेल बागलुङ बजारले थेग्न नसकेको स्थानीय भरत पुरीले जानकारी दिनुभयो । सिरनगर टोल माथी देखि सेनाको व्यारेक सम्म भल तर्काउन निर्माण गरेको ठूलो नाली ग्ग्रानका कारण बन्द भएपछि उक्त भल बगेर बागलुङ बजार आएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *