स्कुलको पर्खाल भत्कीदा इन्द्रमानको घर पुरियो


आदर्श अनलाइन, म्याग्दी

हिमाली जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा जनता माध्यमिक विद्यालयको पर्खाल भत्कीदा विद्यालय संगै रहेको इन्द्रमान थजालीको घर पूर्ण रुपमा क्षती भएको छ ।

जनता माध्यमिक विद्यालय दग्नामका शिक्षक गुन पुनका अनुसार विद्यालयको भवन पर्खाल सहित भत्कीदा छिमेकी थजालीको घर पूर्ण रुपले क्षती भएको हो । बिहान उज्यालो भै सके पछि विद्यालय भत्कीएको हुनाले अन्य कुनै हताहती नभएको भए पनि घर पूर्ण रुपमा क्षती भएको छ ।

रघुगंगा गाउँपालि–२ का झलक शर्माका अनुसार इन्द्रमानकी बुहारी अशु थजाली र नाती गेनीस थजाली सामान्य घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरीक्षक(इन्सपेक्टर) राजन रायमाझीका अनुसार विद्यालयको तीन कोठे कच्ची भवन भत्कीदा इन्द्रमानको एक तले घर पूर्ण रुपमा क्षती भएको छ ।

त्यस्तै रघुगंगा गाउँपालिका–७ चिमखोलामा तीन ५५वर्षिय डिलबहादुर तिलिजाको दुई तले घर पहिरोको उच्च जोखिममा रहेकोले उहाँको ५ जनाको परिवारलाई छिमेकीको घरमा राखिएको छ । ५६ वर्षिय लालबहादुर पाइजा, ५४ वर्षिय दिलबहादुर पुनको घर पनि उच्च जोखिममा रहेकोले पाँचपाँच जनाको परिवारलाई छिमेकीको घरमा आश्रयको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

५५ वर्षिय नरबहादुर गर्बुजाको १२ वटा बाख्रा सहितको गोठ पहिरोले बगाएको इन्सपेक्टर रायमाझीले बताउनुभयो । त्यस्तै ६९ वर्षिय डेकबहादुर कराई पुनको पाँच वटा माहुरीको घार सहित गोठ बगाएको छ । त्यस्तै ढिकी संग्राहलय रहेको २ तले पक्की सामुदायिक भनव पहिरोले बगागएर पूर्ण क्षती भएको प्रहरीले

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *