बागलुङमा क्रिकेटर ऐरीसँग ग्रेस इन्टरनेशनलको ‘मिट एण्ड ग्रेट’ सम्पन्न

आदर्श अनलाइन, बागलुङ

ग्रेस इन्टरनेशनल बागलुङ शाखाले शुक्रवार नेपालका चर्चित क्रिकेट खेलाडी दिपेन्द्र सिंह ऐरीसँग ‘मिट एण्ड ग्रेट’ कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा विश्वकप खेलेर भर्खरै फर्किनु भएका अलराउण्डर ऐरीको व्यक्तिगत र खेल जीवनबारे खुल्ला प्रश्न र बहस समेत भएको थियो । बिद्यार्थी, खेलाडी र खेल क्षेत्रका अन्य मानिसका बीच उहाँले आफ्नो अनुभव पनि साट्नु भएको थियो ।

उक्त अबसरमा म्याग्दी, पर्वत र बागलुङका क्रिकेट संघ, बिद्यालयका क्रिकेट टिम र खेलाडी लाई ब्याट, जर्सी र अन्य किट तथा सामाग्री वितरण समेत गरिएको थियो । साथै उहाँले ग्रेस इन्टरनेशलन सँगको सहकार्यमा वितरण गरेको बाहेक खेलाडीहरुले ल्याएका जर्सी र ब्याटमा पनि हस्ताक्षर गर्नु भएको थियो ।

उहाँले निरन्तरको मेहेनतले आँफु यो स्थानमा आइपुगेको बताउनुभयो । कार्यक्रममा म्याग्दी र बागलुङ क्रिकेट संघ, बागलुङ बजारमा रहेका विभिन्न विद्यालयका विद्यार्थी र खेलाडीहरुको सहभागिता थियो । साथै कार्यक्रममा ऐरीले पर्वतका केही बिद्यार्थीलाई पनि जर्सी उपहार दिनु भएको थियो ।

ग्रेस इन्टरनेशनलको ब्राण्ड एम्बस्डरको रुपमा ऐरी हुनुहुन्छ । ग्रेसले सन् २००६ देखि क्यानडा, अमेरिका, अष्टे«ेलिया, न्युजिल्याण्ड लगायतका देशमा जानका लागि भाषा कक्षा संचालन गर्दै आएको ग्रेस इन्टरनेशनल बागलुङका प्रबन्ध निर्देशक ओमकार पौडेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *