जिल्ला प्रशासन कार्यालयको सत प्रतिशत भौतिक प्रगति

आदर्श अनलाइन, बागलुङ
जिल्ला प्रशासन कार्यालय बागलुङले आर्थिक वर्ष २०८०/०८१ मा सम्पादन गरेको कार्यको समिक्षा गरेको छ । समिक्षा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नेप्रसाद सुवेदीले नागरिकलाई सहज र छरितो सेवा दिनका लागि निरन्तर लागेको बताउनुभयो । सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि स्थानीय तहसँग समन्वय गरेर काम गरि रहेको उहाँको भनाइ छ ।

इलाका प्रशासनका कार्यालय बुर्तिबाङको कार्यालय तथा कर्मचारी व्यवस्थापनाका लागि आवश्यक पहल गर्ने उहाँले बताउनुभयो । बजार अनुगनमालाई प्रभावकारी बनाउनका साथै प्रशासनका कार्यालयलाई नागरिक तथा प्रबिधिमत्री बनाउन थालेको सुवेदीको भनाइ छ । आम नागरिकको सहयोगले मात्रै विकाससँगै शान्ति सुरक्षा काम गर्न सहज हुने उहाँले बताउनुभयो ।

कार्याक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले आर्थिक वर्ष २०८०/८१ मा प्रशासनका कार्यालयले गरेको गतिबिधिको बारेमा जानकारी दिनुभएको थियो । प्रशासनबाट एक वर्षको अवधिमा पाँच हजार ८३ नयाँ नागरिकता र चार हजार ३५५ नागरिकताको प्रतिलिपी वितरण गरेको छ । एक वर्षमा नौ हजार ३७९ राहधानी र एक हजार ६९ नाबालक परिचय पत्र वितरण गरेको बरालले बताउनुभयो ।

प्रशासनले पाँच करोड ३२ लाख ३२ हजार १० क्षति पूर्ति राहत वितरण गरेको छ भने १५ लाख ६१ हजार ५०० विपद राहत समेत वितरण गरेको उहाँको भनाइ छ । यस अवधिमा ५४ हजार रुपैयाँ द्वन्द्वपीडितलाई राहत र ७८ हजार २९८ वैदेशिक रोजगार क्षतिपूर्ति वितरण गरेको छ । प्रशासनले एक वर्षमा पाँच करोड ८७ लाख ५८ हजार ४२५ रुपैयाँ राजश्व संकलन गरेको सहाय प्रजिअ बरालले बताउनुभयो ।

कार्यक्रममा इलाका प्रशासन कार्यालय बुर्तिबाङले गरेका कामका बारेमा पनि जानकारी गराइएको थियो । इलाका प्रशासनले एक वर्षमा नयाँ तीन हजार २९७ र दुई हजार २३७ प्रतिलिपी नागरिकता वितरण गरेको छ । यस अवधिमा दुई हजार ३७० राहधानी र छ हजार ९२२ राष्ट्रिय परिचय पत्र वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्षमा भौतिक प्रगति १०० प्रतिशत र ९९.३ प्रतिशत वित्तीय प्रगति गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *