संक्रमित किशोरीसँगै आएका ढोरपाटनका युवा ‘होम क्वारेन्टाइन’मा

आदर्श अनलाईन, बागलुङ

नेपालमा दोस्रो पटक कोरोना भाइरसको संक्रमण देखिएका किशोरीसँगै कतारबाट आएका बागलुङ ढोरपाटनका युवालाई सेल्फ क्वारेन्टाइनमा बस्न लागइएको छ ।

आज विहान ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपालीस सहितको स्वास्थ्य टोली उक्त युवाको घरमा पुगेर सेल्फ क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ ।

युवालाई केही समय होम क्वारेन्टाइनमा बस्ने व्यवस्था गरेको मेयर नेपालीले बताए । त्यस्तै उनको परिवालाई पनि अन्य व्यक्तिहरुसँग भेटघाटमा रोक लागईको छ ।

उनीमा अहिले कुनै किसिमको लक्षण देखा नपरेको बताइएको छ । उनीलाई केही समस्या आएमा नगरपालिकलाई खबर गर्न भनेको मेयर नेपालीले बताए । उनको परिक्षणको लागि सम्बन्धित ठाउँमा जानकारी गराएको उनको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *