रिलायबल इन्स्योरेन्सका दुई अभिकर्ता छ महिनामै एमडिआरटी


अमृत बास्कुने, म्याग्दी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड धौलागिरी एरिया अन्तरगत बेनी शाखाबाट मिलियन डलर राउण्ड टेबल (एमडिआरटी) २०२५ को लागि दिइएको लक्ष्य दुई जनाले आधा वर्षमै प्राप्त गर्नुभएको छ ।

लक्ष्य प्राप्त गर्नु हुनेमा म्याग्दीकी बिना खड्का र सञ्जु बरुवाल रहनुभएको छ । उहाँहरुले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले दिएको प्रथम बिमा शुल्क ४७ लाख माथिको लक्ष्यलाइ हासिल गर्नुभएको धौलागिरी एरिया म्यानेजर देवेन्द्र घिमिरेले जानकारी दिनुभयो ।

एमडिआरटी एचिभ गरेका बरुवाल र खड्कालाई बेनीमा सम्मान सहित केक काटेर खुशीयाली मनाउनुका साथै खादा ओडार सम्मान गरिएको थियो । जनवरी देखि डिसेम्बरसम्म १२ महिनाको अवधिको बीमा व्यवसायको आधारमा योग्य ठहरिने भएकाले डिसेम्बर अन्तिम सम्ममा लक्ष पुरा गर्नु पर्ने भए पनि दुई जनाले जुलाइ महिनामै लक्ष्य हासील गर्नु भएको घिमिरेले बताउनुभयो ।

धौलागिरी एरिया म्यानेजर घिमिरे भन्नुहुन्छ–‘मिलियन डलर राउण्ड टेबल वित्तीय सल्लाहकार प्रायःजसो बीमा अभिकर्ताको अन्तर्राष्ट्रिय संस्था हो, यो संस्थाले आफ्नो सदस्यता वितरणका लागि प्रत्येक वर्ष मुलुक पिच्छेका अभिकर्ताका लागि फरक फरक व्यवसायीक लक्ष्य निर्धारण गर्ने र तोकिएको व्यवसायीक लक्ष्य पुरा गर्ने अभिकर्ताले सदस्यता शुल्क भुक्तानी गरेर आफूले गरेको व्यवसायका आधारमा एक पटकका लागि सदस्यता हात पार्न सक्छन् ।’ सदस्यता नविकरणका लागि पुनः व्यवसायीक लक्ष्य पुरा गरेर योग्यता हासिल गर्नुपर्छ र पुनः सदस्यता शुल्क भुक्तानी गर्नु पर्ने उहाँको भनाई छ ।

विमा अभिकर्ताहरुका लागि उनीहरुले ल्याउने प्रथम बिमा शुल्कको आधारमा एमडिआरटी अन्तर्गत तीन तहको योग्यता क्रम निर्धारण गरिने धौलागिरी एरियाबाट २०२५ का लागि एमडिआरटी हुन सफल बरुवालको भनाई छ ।
एमडिआरटीका लागि हरेक वर्ष अन्तर्राष्ट्रिय रुपमै प्रथम विमा शुल्क निर्धारण हुने गर्दछ । एमडीआरटीका लागि सन् २०२५ मा योग्य हुन बीमा अभिकर्ताले कम्तीमा ४६ लाख ९२ हजार ९ सय रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्नुपर्ने हुन्छ । यसअघि सन् २०२४ का लागि कम्तीमा ४१ लाख ७१ हजार ५ सय रुपैयाँ प्रथम् बीमाशुल्क आर्जन गर्नुपर्ने लक्ष्य तोकिएको थियो । सन् २०२३ का लागि ३७ लाख ९२ हजार ३०० रुपैयाँ व्यवसायीक लक्ष्य रहेको थियो । यो लक्ष समय सापेक्ष रुपमा परिवर्तन हुँदै जाने एरिया म्यानेजर घिमिरेको भनाई छ ।

मिलियन डलर राउण्ड टेबल(एमडिआरटी) विश्वभरका व्यवसायीक वित्तीय सल्लाहकारहरुको साझा संगठनको रुपमा हेरिँदै आएको छ । यस अन्तर्गत आबद्ध सदस्यहरुले वर्षमा एक पटक विश्वव्यापी सम्मेलनमा सहभागिताको अवसर प्राप्त गर्छन् । साथै अन्तर्राष्ट्रिय सञ्जालमा आबद्धताको अवसर समेत प्राप्त गर्छन् । यो संगठनमा आबद्धतालाई प्रतिष्ठा र ग्ल्यामरको विषय नबनाइने हो भने यसका लागि गरिने लगानीको तुलनामा अभिकर्ताले प्राप्त गर्ने प्रतिफल निक्कै न्यून हुने घिमिरेको अनुभव छ ।

त्यसैगरी धौलागिरी एरियाबाटै एसिन रोकाले आर्थिक वर्ष २०८०÷०८१ मा टिम बिजनेसमा नेपालमै पहिलो बन्न सफल हुनुभएको छ । उहाँले सामुहिक तर्फको व्यवसायीक तबरबाट धौलागिरी एरियामा सञ्चालनमा रहेका १४ वटा बिमा कम्पनिहरु मध्येबाटै पहिलो पटक उक्त उपलब्धी हासिल गर्नुभएको हो । कुनै पनि बिमा कम्पनिले सबै भन्दा धेरै बिमा रकम हासिल गर्ने तर्फ यो उपलब्धि हासिल गरेको धौलागिरी एरिया म्यानेजर देवेन्द्र घिमिरेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *