बिपद्को एक महिनामा २ जनाको मृत्यु १०३ बिस्थापित


अमृत बास्कुने, म्याग्दी

हिमाली जिल्ला म्याग्दीमा वर्षात् शुरु भएको एक महिनाको अवधिमा बाढी पहिरोका कारण दुई जनाको मृत्यु भएको छ भने एक सय तीन जना विस्थापित भएका छन् ।

बाढी पहिरोले गर्दा सबै भन्दा धेरै रघुगंगगा गाउँपालिकामा ४७ जना बिस्थापित भएका छन् । अन्नपुर्ण गाउँपालिकामा ४४ जना, मंगला गाउँपालिकामा ९ जना र बेनी नगरपालिकामा ३ जना गरी एक सय तीन जना बिस्थापित भएका हुन् । बेनी नगरपालिकामा घर जोखिम भएका कारण एक घरका तीन जना विस्थापित भएका हुन् । त्यस्तै मंगला गाउँपालिकामा एक घर र एक गोठ पूर्ण क्षती हुनुका साथै ३ घर अति जोखिममा रहेकाले तीन घरका नौ जना बिस्थापित भएका छन् ।

मालिका गाउँपाकिामा कुनै पनि प्रकारको भौतिक नोक्सानी नभएको देखिएतापनि चट्याङको कारणले गर्दा तीन जना घाइते भएका थिए भने भैसी, बाख्रा र कुखुरा एकएक वटा मरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले बताउनुभयो ।

रघुगंगा गाउँपालिकामा यस वर्ष सबै भन्दा बढी क्षती देखिएको छ । रघुगंग गाउँपालिकामा ३७ वटा बाख्रा मरेका छन् भने ३ घर २ गोठ, १ खोर, १ स्कुल र १ सामुदायिक भवन पूर्ण रुपमा क्षती भएको छ । ८ घर र एउटा प्रहरी बिट अति जोखिम रहेको हुँदा ४७ जना विस्थापित भएका छन् । त्यस्तै अन्नपुर्ण गाउँपालिकामा एक घर पूर्ण र एक घर आंशिक क्षती हुनुका साथै १२ घर जोखिम हुँदा ४४ जना विस्थापित हुन पुगेका छन् ।

हाल सम्म म्याग्दी जिल्ला भित्र मनसुन पछि दुई भैसी, ३८ बाख्रा, १ कुखुरा र एउटा पाडोको मृत्यु भएको छ । त्यस्तै छ घर, ३ गोठ, १ बाख्राको खोर, १ स्कुल र एउटा सामुदायिक भवन ढिकी संग्राहलय पूर्ण क्षती भएको छ । २४ घर र एउटा प्रहरी बिट अति जोखिममा रहेको प्रहरीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *