पहिराले कालीगण्डकी कोरिडोर अवरुद्ध

आदर्श अनलाइन, बागलुङ
अविरल वर्षका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको भारी वर्षाका कारण सडक माथिदेखि पहिरो खस्दा कोरिडोर पूर्ण रुपमा अवरुद्ध भएको हो ।

कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा कोरिडोर अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका ट्राफिक प्रमुख सुमन निउरेले जानकारी दिनुभयो । कोरिडोर अवरुद्ध हुँदा लामा तथा छोटो दूरीका सवारी साधान ठप्प भएको उहाँको भनाइ छ । अहिले भारी वर्षा भइरहेको हुँदा सडक खुलाउन नसकिने भन्दै वर्षा रोकिएपछि खुलाउने निउरेले बताउनुभयो ।

सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात बिच्छेद भएको छ । जैमिनीका किसानले दैनिक ४०० लिटर दूध बागलुङ बजारमा ल्याउँदै आएकोमा सडक अवरुद्ध हुँदा समस्यामा परेका छन् । पहिरोले सडकनै भासिएको निउरे बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – “हिँजो साँझदेखि ठूलो वर्षा भइरहेको हुँदा पहिरोले सडक छेउबाट भासिएको छ, पहिले पनि यही ठाउँमा सडक भासिदा लामो समय अवरुद्ध भएको थियो, अहिले पनि सोही ठाउँमा पहिरोले सडक बगाएको छ, अहिले वर्षा भइरहेको हुँदा खुलाउने संभावना छैन, वर्षा रोकियो भने बल्ल खुलाउने प्रयास गर्ने छौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *