गलेश्वरमा पहिलो सोमबार तीन लाख ७२ हजार भेटी संकलन


अमृत बास्कुने, म्याग्दी

साउन महिनाको पहिलो सोमबार पुजा अर्चना तथा दर्शनका लागि आएका भक्तजनले गलेश्वरधाममा तीन लाख ७२ हजार रुपियाँ भन्दा धेरै भेटी चडाएका छन् । गलेश्वर दर्शन तथा पुजा अर्चनाका लागि हिजो सोमबार बिहान साढे चार बजे देखि नै पुगेका भक्तजनहरुले चडाएको भेटि मंगलबार बिहान गणना गर्दा तीन लाख ७२ हजार तीन सय ७२ रुपियाँ संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

पहिलो सोमबार आएका भक्तजनले दानपेटीका तथा अन्यत्र चडाएको भेटी गलेश्वर शिवालय क्षेत्र विकास कोषले मंगलबार बिहान गणना गरेको थियो । मन्दिर क्षेत्र भित्र चडाएको रकम बिहान गणना गरेर बेनी स्थीत गरिमा बिकास बैंकमा जम्मा गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

मन्दिरमा हुने ठूला पर्वहरु पछि भेटी गणना गरेर सार्वजनिक गर्ने गरिएको छ । साउन महिनामा यस वर्ष चार सोमबार परेको र सबै सोमबारमा हुने भक्तजनको भिड पछि मंगलबार रकम गणना गरेर सार्वजनिक गर्ने कोषका कार्यालय सचिव रामबहादुर बानियाँको भनाई छ । मन्दिरमा राखिएका दानपेटीकाहरुमा भक्तजनले चडाएको रकम कोषका पदाधिकारी तथा अन्य सामाजिक संघसंस्थका प्रतिनिधिहरुको रोहबरमा गणना गरिएको उहाँले बताउनुभयो ।

२०८० को साउन महिनामा नौ लाख २७ हजार २३ रुपियाँ संकलन भएको थियो भने २०७९ को साउन महिना भरी १७ लाख ६९ हजार छ सय ८८ रुपियाँ भेटी वापत संकलन भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *