सहकारीको ऋण समयमै तिर्न पार्टीबाट निर्देशनका लागि एमाले सहकारी विभागको अनुरोध

आदर्श अनलाइन, बागलुङ
नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागले सहकारीबाट लिएको ऋण तोकिएको शर्त बन्देजको अधिनमा रही कारोबार गर्न विशेष निर्देशनका लागि पार्टी नेतृत्वलाई आग्रह गरेको छ ।
सहकारी विभागको साउन ९ गते बसेको वैठकले गरेको निर्णय अनुसार पार्टीका महासचिव शंकर पोखरेललाई गाउँ तहसम्म निर्देशन जारी गर्न अनुरोध गरिएको छ ।

एमाले सहकारी तथा गरिवी निवारण विभागका प्रमुख खगराज अधिकारीले शुक्रवार पार्टी महासचिव शंकर पोखरेललाई ध्यानाकर्षण पत्र बुझाउदै सहकारी संस्थाबाट ऋण उपभोग गरेको भए उक्त ऋणलाई तोकिएको शर्त बन्देजको आधारमा कारोबार मिलान गर्न विशेष निर्देशन गर्न अनुरोध गर्नु भएको हो ।

सहकारी क्षेत्रमा समस्या देखिएको छ, सहकारीमा जम्मा भएको बचत अपलचन गर्नेहरुलाई कानुन अनुसार कार्वाही र सहकारीबाट ऋण लगेर तिर्न आलटाल गर्नेहरुलाई पनि कानुनी कार्वाहीमा ल्याउन एमालेले सरकार र पार्टीको ध्यानाकर्षण गराएको विभागीय प्रमुख खगराज अधिकारीले बताउनुभयो ।

सहकारीबाट ऋण लगेर नतिर्नेहरुमा विभिन्न पार्टीका जिम्मेवार निकायमा रहेकाहरु पनि पाइएको छ, नीति निर्माण गर्ने तहमा बसेका, पार्टी र सार्वजनिक जिवनका महत्वपूर्ण जिम्मेवारीमा रहेकाहरुले नै सहकारीको ऋण तिर्न अटेर गर्ने गरेको गुनासो सहकारीकर्मीहरुले गर्ने गरेका छन् ।
पार्टीका नेता कार्यकर्ताहरुको संलग्नतामा सञ्चालन भएका सहकारी संघ संस्थाहरुमा सहकारीको सिद्धान्त, मूल्य, मान्यता र पद्दती अनुसार सुशासनमा सञ्चालन गर्न निर्देशनका लागि एमाले सहकारी विभागले महासचिव पोखरेललाई अनुरोध गरेको छ ।

सहकारी अभियानलाई थप दीगो, मर्यादित, पारदर्शी र सुशासनयुक्त बनाइ समुदायको हितमा परिचालनका लागि निर्देशन गर्न अनुरोध गरिएको छ । प्रदेश, जिल्ला, महानगर, उपमहानगर, नगर र गाउँपालिका तहमा पार्टीको सहकारी विभाग गठन गरी परिचालन गराउन आवश्यक निर्देशनका लागि विभागले अनुरोध गरेको विभागका सचिव परितोष पौड्यालले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *