खानेपानीको मुहान र रिजर्भ ट्याङ्कीको अनुगमन

रोहन जिसी, बागलुङ

बागलुङको सदरमुकाममा वितरण हुँदै आएको खानेपानीको मुहान र ट्याङ्कीको शनिबार अनुगमन गरिएको छ ।

काठेखोला गाउँपालिका–७ र ८ मा रहेको रिठेखोला, रेशाखोला र भुँदीखोलाको मुहान र बागलुङ नगरपालिका ३ मा रहेको रिजर्भ ट्याङ्कीको अनुगमन गरिएको हो ।

बागलुङ नगरपालिकाका नगर उप–प्रमुख राजु खड्का, बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, बागलुङ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्री, राष्ट्रिय अनुसन्धान कार्यालय बागलुङका प्रमुख एसपी जयन्द्र प्रसाद उपाध्याय, जिल्ला प्रशासन कार्यालय बागलुङ, जिल्ला प्रहरी कार्यालय बागलुङ, बागलुङ नगरपालिका, डिभिजन खानेपानी कार्यालयका प्रतिनिधिहरू, बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कार्यवहाक अध्यक्ष, प्रबन्धक, प्राविधिक लगायतको टोलीले अनुगमन गरेको हो ।

वर्खा सुरु भएसँगै ठाउँ ठाउँमा आएको बाढी र पहिरोका कारण पानीको पाइप बगाउँदा पछिल्लो २ हप्तादेखि बागलुङ बजारमा पानीको समस्या भएको थियो । पानी ट्याङ्कीमा खेतबारीको पानी मिसाईएको भन्ने जनगुनासो समेत आएको थियो ।

ठाउँ ठाउँमा बगाएका पानीका पाइप मर्मत गरिएको र ट्याङ्कीको समेत सरसफाई गरिएकाले प्रशोधित पानी उपभोक्ताको धारामा पुर्याउने बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *