निःशुल्क कानुन पढाउँदै बागलुङ नगरपालिका

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाले कानुन विषय अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्न थालेको छ । प्राविधिक तथा अन्य विषलाई राज्यले समेत प्रोत्साहन गरेपनि कानुन विषय थोरैको रोजाईमा पर्ने भन्दै कानुन पढ्ने विद्यार्थी बढाउन निःशुल्क पढाउने व्यवस्था मिलाउन नगरपालिकाले आवेदन खुलाएको छ ।

बागलुङ नगरपालिकाले निःशुल्करुपमा कानुन विषय पढाउनका लागि पहिलोपटक छात्रावृति दिन थालेको छ । सबै वर्ग, तह र तप्काका व्यक्तिहरूको न्यायमा सहज र सरल पहुँच स्थापित गर्नका लागि कानुनका विद्यार्थी उत्पादन गर्न आवश्य रहेको भन्दै बागलुङ नगरपाकिलाले एक वर्षमा २० जना विद्यार्थीलाई कानुन विषय पढाउने भएको छ ।

न्याय खोज्न अदालत मात्र जाने परिपाटीलाई हटाउन, स्थानीय तहको न्यायिक समितिप्रतिको पहुच बिस्तार गर्न सहयोग पुग्ने गरी नगरपालिका भित्रका विद्यार्थीलाई कानून विषयमा अध्यापन गराउनका लागि नगरपालिकाले विद्यार्थीको कक्षा ११ र १२ मा लाग्ने सबै शुल्क तिर्ने भएको हो ।

न्यान सम्पादनमा कानूनी विज्ञता भएका व्यक्तिको अभाव, कानून प्रति विद्यार्थीको आकर्षण नहुँनु लगायतका कारणलाई मध्यनजर गर्दै कानूनी विषयमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पढाउने व्यवस्थाका लागि विद्यार्थीलाई आवेदन समेत माग गरिएको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।

“न्यायिक समितिलाई संविधानले न्यायको पहुँच स्थानीय स्तरसम्मै सुनिश्चित गर्ने हेतुले अघि सारेको बिषयलाई बिश्वसनिय ढंगले आमजनता माझ पु¥याउन जरुरी छ” उपप्रमुख खड्काले भन्नुभयो “समुदायमा न्यायिक ज्ञानको अभावले धेरै जनताले दुख पाईरहेको देखेर बागलुङ नगरपाकिलाका विद्यार्थीलाई कानुन विषयमा अध्ययन गर्ने वातावरण तयार गरी जनताको न्यायको सारथी बनाउने हाम्रो प्रयास हो ।”

समाजमा कानुनको अध्ययन र कुशल मेलमिलापकर्ताहरुको आवश्यकता महशुस गरेर न्यायिक समितिल कानून पढाउनका लागि विदार्थीलाई प्रोत्सहन गर्न थालेको खड्काको भनाई छ । कानून विषयको अध्यापन गराइएरहेको आदर्श विद्यामन्दिर माध्यामिक विद्यालयसंग एक वर्षमा कक्षा ११ र १२ का विद्यार्थी गरी १०÷१० जनाको सम्पूर्ण शुल्क व्यहोर्नेगरी सम्झौता गरिने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *