धौलागिरिका चार जिल्लाका सार्वजनिक यातायात ठप्प


आदर्श अनलाइन, बागलुङ
निजी प्रयोजनका २ र ४ पाङ्ग्रे सवारी साधनलाई सार्वजनिक सवारी सवारी साधन सरह यात्रु ओसार पसार गर्न पाउँने गरी गण्डकी प्रदेश सरकारले निति तथा कार्यक्रम ल्याउन लागेको प्रति विरोध जनाउँदै आइबार गण्डकी प्रदेशमा सार्वजनिक सावारी साधन बन्द गरिएको छ ।

गण्डकी प्रदेश भौतिक पुर्बधार तथा यातायात मन्त्रालयमा २४ घण्टाको समय राखी प्रदेश सरकारले ल्याउन लागेको कार्यक्रम खारेजीको समागसँगै विभिन्न ७ बुँदे ज्ञापन पत्र बुझाएको भएपनि सम्बन्धीत निकायले वेवास्ता गरेको भन्दै सार्वजनिक यातायात केन्द्रीय महासंघ र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले संयुक्त विज्ञप्ती जारी गर्दै सार्वजनिक यातायातका साधन घर र ग्यारेजमा राखेर आन्दोलनमा सरीक हुन याताय व्यवसायीलाई आग्रह गरेका छन् ।

बागलुङमा पनि आइतबार विहानदेखिनै सार्वजनिक सवारी साधन ठप्प छन् । धौलागिरि अञ्चल यातायात प्रा.लीसँगै विभिन्न ९ वटा यातायात प्रा.लीले संयुक्त विज्ञप्ती जारी गर्दै आइतबारबाट बागलुङ, पर्वत , म्याग्द र मुस्ताङमा पनि सार्वजनिक सवारी नचलाउने जानकारी गराएका छन् ।
सार्वजनिक सवारी ठप्प हुँदा यात्रुलाई सास्ती भएको छ ।

यो पनि पढ्नुहोस्