बागलुङका मञ्जु एमाले केन्द्रीय सदस्य र जनक सल्लाहकार परिषदमा मनोनित

रोहन जि.सी, बागलुङ

नेकपा एमालेको सचिवालय वैठकले बागलुङका मञ्जु शर्मा चालिसेलाई केन्द्रीय सदस्य र जनक पौडेललाई केन्द्रीय सल्लाहकार परिषद सदस्यमा मनोनित गरेको छ ।

पार्टीका गण्डकी प्रदेश कमिटि सदस्य रहेकी चालिसेलाई केन्द्रीय कमिटि सदस्य र निवर्तमान प्रदेश कमिटि सचिवालय सदस्य पौडेललाई सल्लाहकार परिषद सदस्य मनोनित गरिएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिनु भएको छ ।


२०७९ को संसदीय निर्वाचनमा बागलुङ क्षेत्र नं. २ बाट संघीय संसदका लागि उमेदवार बनेकी चालिसे नेपाली कांग्रेस परित्याग गरी एमालेको राजनीतिमा सक्रिय रहनु भएको छ । नेपाली कांग्रेसबाट एमाले प्रवेश गरेकी चालिसेलाई पार्टीले गण्डकी प्रदेश कमिटिमा मनोनित गरेको थियो । गत असोजमा सम्पन्न प्रथम गण्डकी प्रदेश अधिवेशनबाट चालिसे प्रदेश कमिटि सदस्यमा निर्वाचित हुनु भएको थियो ।

नेकपा एमाले निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै २ पटकसम्म बागलुङ जिल्ला अध्यक्ष, गण्डकी प्रदेश कमिटि सचिवालय सदस्यको समेत जिम्मेवारी निभाउनु भएका जनक पौडेल बागलुङ नगरपाालिकाका निवर्तमान प्रमुख हुनुहुन्छ ।

चालिसे केन्द्रीय सदस्य मनोनित भएपछि बागलुङबाट एमालेको केन्द्रीय कमिटिमा प्रतिनिधित्व गर्ने नेताहरुको संख्या ८ पुगेको छ ।
पार्टीको दशौ महाधिवेशन पछि लिला बहादुर थापा मगर र मन कुमारी केसी जिसी पोलिटव्यूरो सदस्य तथा गोविन्द बहादुर नेपाली, इन्द्रलाल सापकोटा, डा.सूर्य पाठक, कृष्ण बहादुर केसी र सावित्रा राना केन्द्रीय कमिटि सदस्य रहनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *