एमाले सहकारी तथा गरिवी निवारण विभाग प्रमुखमा पुनः अधिकारी

रोहन जि.सी, बागलुङ

नेकपा एमालेको केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागको प्रमुखमा स्थायी कमिटि सदस्य खगराज अधिकारी पुन चयन हुनु भएको छ ।

पार्टी सचिवालयको बिहीवार सम्पन्न वैठकले अधिकारीलाई पुनः सहकारी तथा गरिवी निवारण विभागको प्रमुख चयन गरेको हो ।

गत वर्षदेखि सहकारी तथा गरिवी निवारण विभागको प्रमुखका रुपमा जिम्मेवारी सम्हाल्दै आउनु भएका अधिकारीले पार्टी र सहकारीबीच समन्वयको भूमिकासंगै सहकारी क्षेत्रको विकासका लागि नेतृत्व गर्दै आउनु भएको छ ।

सहकारी क्षेत्रमा देखिएका समस्याको पहिचान गरी समस्या समाधानका लागि राज्य, राजनीतिक दल, सहकारी अभियान र सरोकारवालाहरुको भूमिका बढाउने विषयमा अधिकारीले निरन्तर छलफल चलाउदै आउनु भएको छ ।

गण्डकी प्रदेशका निवर्तमान प्रमुख समेत रहनु भएका अधिकारीलाई सहकारी क्षेत्रमा अझै धेरै काम गर्न, सहकारीको समस्या समाधानमा पार्टीका तर्फबाट थप योगदान गर्नका सहकारी विभागको प्रमुखमा पुनः जिम्मेवारी दिइएको पार्टी स्रोतले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *