गण्डकीका तीन जिल्लामा एमालेका महिला इन्चार्ज


आदर्श अनलाइन, बागलुङ

नेकपा एमालेले गण्डकी प्रदेशका ११ मध्ये ३ जिल्लामा पार्टीका ३ जना महिला नेतृहरुलाई इन्चार्जको जिम्मेवारी दिएको छ ।

पार्टी सचिवालयको बिहीवार सम्पन्न वैठकले पोलिटव्यूरो सदस्य मन कुमारी केसी जिसीलाई बागलुङ, केन्द्रीय कमिटि सदस्य श्रीमाया थकालीलाई मुस्ताङ र केन्द्रीय कमिटि सदस्य सिता सुन्दासलाई स्याङ्जा जिल्लाको इन्चार्ज तोकेको छ ।

११ जिल्ला मध्ये ३ जिल्लाको इन्चार्जको जिम्मेवारी महिला नेतृहरुले पाएको एमालेले जारी गरेको सर्कुलरमा उल्लेख छ । गण्डकीका ३ संगै देशभरका १० जिल्ला इन्चार्जको जिम्मेवारी महिलाले पाउनु भएको छ ।

पार्टीका पोलिटव्यूरो सदस्यहरु मञ्जु कुमारी चौधरीलाई उदयपुर जिल्ला इन्चार्ज, जुली कुमारी महतोलाई धनुषा जिल्ला इन्चार्ज, निरुदेवी पाललाई कञ्चनपुर जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ ।

यस्तै केन्द्रीय कमिटि सदस्यहरु बदमी क्वारी बुढा (बोहोरा) लाई डोल्पा, विष्णुमाया विकलाई तेह्रथुम, शान्तिदेवी ढकाललाई बाँके र सरिता खनाल (भुषाल) नवलपरासी जिल्लाको इन्चार्जको जिम्मेवारी दिएको छ । गण्डकी प्रदेशका अन्य जिल्लाहरुमा पर्वतमा पदम गिरी, म्याग्दीमा भुपेन्द्र बहादुर थापा, कास्कीमा कृष्ण थापा, तनहुँमा केदार सिग्देल, गोर्खामा रामशरण बस्नेत, लमजुङमा जमिन्द्रमान घले र नवलपुरमा तिलक महतले इन्चार्जको जिम्मेवारी पाउनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *