म्याद सकियो सकिएन नगर अस्पताल अस्पताल


–खेमराज गौतम, बागलुङ

निर्माण व्यवसायीले सरसर्ती काम गरेको भए बागलुङ नगर अस्पताल भवन निर्माण भइसकेर सेवा दिन थाल्थ्यो । १५ शैयाको बागलुङ नगर अस्पताल बागलुङ नगरपालिका–१३ पैयुपाटामा निर्माणधीन छ । २०८० असार २० गते निर्माण सकेर हस्तान्तरण गर्नेगरी अस्पताल भवनको जिम्मा पाएको निर्माण व्यवसायीले दुई पटक म्याद थप्दा समेत ५० प्रतिशत मात्रै काम सम्पन्न गरेको छ ।

बागलुङ नगरपालिकाको १५ शैयाको अस्पतालको दोस्रो ढलान मात्रै सम्पन भएको छ । दुई वर्षमा सक्नेगरी ठेक्का सम्झौता अस्पतालको तीन वर्ष वित्दा समेत जम्मा ५० प्रतिशत काम सकिएको बागलुङ नगरपालिकाले जनाएको छ । निर्माण व्यवसयीले भुक्तानी समयमै नपाएको, कच्चा सामाग्री आयतमा सडकको अबरोध रहेका कारण निर्माणमा ढिलाई भएको बताउदै आएपनि दुई पटक मिति थप्दा समेत भवन निर्माण आधा मात्रै सकिएको बागलुङ नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले बताउनुभयो ।

“१५ शैयाको नगर अस्पताल भवन निर्माणमा ढिलाई भएको छ, २०८० असारमा म्याद सकिएको थियो, एक वर्षलाई थपेको म्याद समेत सकियो, पुन एक वर्षलाई दोस्रोपटक म्याद थपिएको छ, काम बल्ल ५० प्रतिशत भएको छ, एक तला अझै ढालनै गर्न बाँकी छ” घर्तीले भन्नुभयो “सार्वजनिक खरिद नियमावली २०६४ को १२ औं र १३ औं संसोधन अन्र्तगत दोस्रो पटक म्याद थपिएको छ, एक वर्षमा काम गरे अस्पताल भवन निर्माण गरेर हस्तान्तरण गर्न सकिन्छ, निर्माण व्यवसायीले समयमै काम गर्न नसक्दा दुई पटक म्याद थपिएको छ ।”

नगर अस्पताल पुरानो स्वास्थ्यचौकीको भवनबाट सेवा दिन शुरु गरेकै तीन वर्ष वितिसक्दा समेत अस्पताल भवन निर्माण हुँन नसकेको हो ।

स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी नगर अस्पताल बनाएर सेवा दिएपनि भवन अभावले समस्यामा परेको स्थानीय बालकृष्ण शर्माले बताउनभुयो ।

लामो समयको प्रयास र पहलपछि बागलुङ नगरपालिकाको नगर अस्पताल बागलुङ नगरपालिका–१३ पैयुपाटामा १५ शैयाको नगर अस्पताल भवन निर्माण अघि बढेपनि निर्माण व्यवसायीको चरम लापरवाहीका कारण भवन निर्माणले गति लिन नसकेको हो ।

निर्माण व्यवसायीलाई ताकेता गरिरहेको बताउदै वडा नम्बर १३ का वडा अध्यक्ष नारायण पौडेलले असार भित्रै अन्तिम तला ढलानको तयारी गरेपनि सडक मार्ग अबरुद्ध भएपछि कामदारले अस्पताल निर्माणको काम छोडेर घर गएको बताउनुभयो । अस्पतालबाट अहिले मेडिकल अधिकृत सहितको सेवा प्रदान भइरहेको उहाँले बताउनुभयो ।

बागलुङ नगरपालिका–१३ पैयुपाटा स्वास्थ्य चौकीलाईनै नगर अस्पतालको रुपमा नामाकरण गरेको बागलुङ नगरपालिकाले नयाँ भवन निर्माणका लागि रु. १२ करोड ८७ लाखमा ठेक्का सम्झौता गरेपनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अस्पताल भवन निर्माण कहिले सकिने टुङ्गो नलागेको वडा अध्यक्ष पौडेलले बताउनुभयो ।

“बागलुङ नगरपालिकाको वलेवा क्षेत्र सदरमुकामको पहुँचबाट अल्लि टाढा भएका कारण नगर अस्पताल यही बनाउने गरी काम थालेको थियो, तीन वर्षमा आधा काम हुँदा अझै कति वर्ष लाग्छ भन्ने जनतालाई आशंका छ” पौडेलले भन्नुभयो “सरकारले प्रत्येक पालिकामा १५, १० र ५ शैयाको आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य अनुसार स्वास्थ्यको पहुँचबाट टाढा रहेको नगरपालिकाको दक्षिण भेगलाई लक्षित गरी नगर अस्पताल निर्माण थालिएको भएपनि अस्पताल भवन निर्माणमा ढिलाई हुँदा सेवा दिदा समस्या भएको छ ।”

१५ शैयाको अस्पताल भवन निर्माण गर्न श्री महालक्ष्मी जुगल जेभी संग २०७८ असार २३ गते रु. १२ करोड ८७ लाखमा सम्झौता भएको थियो । उक्त भवन २०८० साल असार २० गतेसम्म सक्नुपर्ने सम्झौता रहेको छ । अस्पतालको प्रवेशद्वार, पार्कीङ लगायतका संरचना सहित तीन तलाको विद्युतीय भ¥याङ सहितको अस्पताल निर्माण हुँनेभएपनि समयमै भुक्तानी नुहँदा र सडक बन्द हुँदा निर्माणमा ढिलाई भएको निर्माण व्यवसायका आधिकारिक प्रतिनिधि नरेश ओझाले बताउनुभयो । साढे दुईकरोड भुक्तानी गर्न राज्यले बाँकी रहेको बताउदै भुक्तानी पाउदासाथ काम गरेर सक्ने ओझाको भनाई छ ।

बागलुङ नगरपालिकाको रायडाँडा, पैयुपाटा, अमलाचौर र नारायणस्थनका बासिन्दालाई अस्पताल निर्माण संगै स्वास्थ्य सेवा लिन सहज हुँने गरी नगर अस्पताल घोषणा गरेर सेवा दिन थालेपनि भवन मिर्नाणमा ढिलाई हुँदा पूर्ण सेवा दिन नसकिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *