अमर आदर्शकी आकृति जिल्लाकै प्रथम


आदर्श अनलाइन, बागलुङ

कक्षा १२ को परिक्षामा आकृती नेपाली जिल्लामै उत्कृष्ट अंक ल्याउन सफल हुनुभएको छ । राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको कक्षा १२ को परिक्षाफलमा बागलुङ जिल्लाबाट अमर आदर्श आवासीय माध्यमिक विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ ।

विद्यालयकी छात्रा आकृती नेपालीले ३.७७ जिपीएसहित विद्यालयलाई जिल्लामै पहिलो बनाएको विद्यालयले जनाएको छ । जिल्लाका अन्य संस्थागत तथा सामुदायीक विद्यालयले ३.७७ भन्दा माथी नतिजा ल्याएको दाबी गरेका छैनन् । आकृती नेपालीले जिल्लाकै उत्कृष्ट अंक ल्याएको विद्यालयका सहायक प्रिन्सिपल कमल राज पन्तले बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाइ बागलुङले भने विद्यालयहरुबाट तथ्यांक संकलनको काम भइरहकाले समय लाग्ने इकाई प्रमुख युक्त प्रसाद शर्माले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *