तिजको मौलिकता बोकेको “छोरी भ’र जन्मनु“ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

आदर्श अनलाइन, बागलुङ
तिजको मौलिकता बोकेको ‘छोरी भ र जन्मनु’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । म्याग्दीमा जन्मिएर कतारलाई कर्मथलो बनाएका सञ्चारकर्मी तथा गीतसंगीत व्यवसायी तिलु शर्मा पौडेलको र पर्वतमा जन्मिएर क्यानडालाई कर्मथलो बनाएका गायक तथा सर्जक प्रवेश पौडेलको शब्द, गायिका शान्ति श्री परियारको आवाज र याम थापा मगरको संगित संयोजनमा तयार भएको तीज गीतको भिडियो सार्वजनिक भएको हो ।

मोडल स्मारिका ढकाल र दुर्गेश थापाको मुख्य अभिनय रहेको भिडियोमा अंशु थापा महर्जनको समेत भूमिका रहेको छ । भिडियोमा सन्ध्या अर्याल, वर्षा लम्साल लगाएतका कलाकारको समेत भूमिका देख्न सकिन्छ ।

प्रवीण थापा निर्देशनमा तयार भएको भिडियो अजय रेग्मीले खिचेका हुन भने अमृत चापागाईले सम्पादन गरेका छन् ।

भिडियो

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *