कोरोनाको संक्रमणबाट बच्न सार्वजनिक स्थलमा अपनाऔं यी १० उपाय

कोरोना भाइरसविरुद्ध पुरा विश्व युद्ध स्तरमा सक्रिय छ । तथापी यो नियन्त्रणमा भने आउन सकेको छैन ।

कोरोनाको जोखिम बढ्दै जादाँ अधिकाशं मानिस यसबाट कसरी बच्ने भन्नेमा सचेत भइरहेका छन् ।

१. भिडभाडमा रहेक संक्रमित ब्यक्तिको खोकी, हाच्छुयु तथा थुकको छिटाबाट पनि कोरोना सर्न सक्ने भएकाले यसबाट बच्नु पर्दछ ।

२. संक्रमित ब्यक्तिको छुवाईबाट पनि कारोना सर्ने भएकाले समयमा सर्तक हुनु पर्दछ ।

३. सकेसम्म धेरै मानिस जम्मा भएको स्थलतर्फ नजाने ।

४. कोहि बिरामी शंकास्पद लागेमा उसको सीधा सम्पर्कमा नजाने ।

५. प्लास्टिक र स्टीलमा ९ दिनसम्म यो भाइरस जीवित रहने भएकाले यस्ता वस्तुको प्रयोग सकेसम्म नगर्ने ।

६. ढोकाको ह्याण्डलबाट पनि कोरोना भाइरस सर्ने भएकाले सचेत भएर मात्र ढोका खोल्ने ।

७. कम्प्युटर चलाउँदा अरुले चलाउने गरेको भए कम्प्युटरको किबोर्ड नछुने ।

८. कुनै पनि फ्लू वा रोगको संक्रमित ब्यक्तिको घरमा नजाने ।

९. बाहिरबाट आउनासाथ आफुले प्रयोग गरेको सबै सामाग्रीको सरसफाइ गरिरहने ।

१०. कुनै पनि मानिससंग कुरा गर्दा १ मिटरभन्दा टाढाबाट मात्र कुरा गर्ने ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *