मंगलबार र बुधबार बागलुङमा अत्याधिक वर्षा हुने


आदर्श अनलाइन, बागलुङ

मंगलबार र बुधबार बागलुङमा अत्याधिक वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन सक्रिय हुँदै छ ।
महाशाखाकाले मनसुनबाट अति प्रभावित हुने सम्भावना रहेका तीन दर्जन जिल्लामा रेड अलर्ट जारी गरिएको छ ।

अति प्रभावित हुने जिल्लाको सूचिमा बागलुङ पनि छ । गण्डकी प्रदेशको बागलुङ सँगै म्याग्दी, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ र गोरखा जिल्ला पनि अति खतराको रेड जोनमा परेका छन् ।

मनसुन न्यून चापीय रेखा मंगलबारदेखि नेपाल नजिक सर्ने भएकाले दुई दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साउन २२ गतेदेखि २३ गतेसम्म सम्म भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले पूर्वसतर्कता अपनाउन महाशाखाले भनेको छ । महाशाखाका अनुसार बागलुङमा पनि अत्याधिक वर्षाको सम्भावना रहेको छ ।

मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले बाढी र पहिरोको जोखिम हुनेछ । त्यसैले पूर्व सतर्कता अपनाउन जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *