बडिगाडमा पहिरोले घर पुर्दा तीन जना बेपत्ता


आदर्श अनलाइन, बागलुङ

अबिरल वर्षापछिको पहिरोले बागलुङको बडिगाड गाउँपालिकामा घर पुर्दा तीन जना बेपत्ता भएका छन् ।

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–१० आरुपाटा स्थित जोगलाल बुढाको घर र गोठ पुरिदा जोगलाल बुढाको श्रीमती र दुई छोरी वेपत्ता भएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

बेपत्ता हुनेमा श्रीमती र दुई छोरी रहेको भएपनि पुष्टी नभएको वडा अध्यक्ष बिरेन्द्र कुमार बुढा मगरले जानकारी दिनुभयो ।

वेपत्ताको नाम समेत खुल्न सकेको छैन् । अहिले उद्दारका लागि स्थानीयलाई समेत परिचालनका लागि आग्रह गरिएको छ ।

घटनास्थल पुग्ने सडक समेत अबरुद्ध रहेको र प्रहरी समेत घटनास्थलमा पुग्न नसक्दा घटनाको थप जानकारी आउन बाँकी रहेको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।

प्रहरी घटनास्थलतर्फ पुग्न केही घण्टा लाग्ने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख ऋषिराम कँडेलले जानकारी दिनुभयो । घटनाको थप बिबरण भने आउन बाँकी रहेको कँडेलले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *