बडिगाडमा अवतरण हुन सकेन सेनाको हेलिकप्टर

आदर्श अनलाइन, बागलुङ
पहिरोमा परेर गम्भिर घाइते भएकाको उद्दारका लागि काठमाडौँबाट आएको नेपाली सेनाको हेलिकप्टर बागलुङ बजारमा अवरतण गरेको छ ।

बडिगाड गाउँपालिका १० आरुपाटाको पहिरोमा परेर गम्भिर घाइते भएकाको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर पटक पटक प्रयास गर्दा पनि मौसमका कारण बडिगाडमा अवतरण गर्न नसकेपछि श्री नम्बर २३ बाहिनी अड्डा बागलुङमा अवतरण गरेको हो ।

कुहिरो, हाइटेन्सन लाइन र नखुलेको मौसमका कारण हेलिकप्टर बागलुङमै अवतरण गर्नु परेको श्री नम्बर २३ बाहिनी अड्डा बागलुङका प्रमुख कर्नेल शितल बानियाँले जानकारी दिनुभयो ।

पहिरोमा परेर बडिगाड गाउँपालिका १० बस्ने बर्ष २६ को ओम प्रकाश पुन, बर्ष ४६ की संगिता बुढा, बर्ष २३ का सिर्जना वि.क., बर्ष ४३ को मंगल सेन बुढा, बर्ष १९ की रिमा पुन, बर्ष ६० की सुमित्रा वि.क., बर्ष ७८ को जोग बहादुर बुढा, बर्ष ५१ को ससिराम वि.क, बर्ष ९ को ज्ञाने बुढा र बर्ष ३१ की सिता थापा घाइते हुनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *