शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको एयर डाइनेस्टीको हेलिकप्टर काठमाडौ जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा दुर्घटना भएको छ ।

हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेन अरुण मल्ल सहित अन्य ४ जना चिनिया नागरिकको मृत्यु भएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीले दुर्घटना स्थलबाट क्याप्टेनसहित ५ जनाकै शव निकालिएको बताउनु भयो ।

दुर्घटनाग्रस्त हेलिकप्टर काठमाडौंबाट उडेको ३ मिनेटपछि नै टावरसँग सम्पर्कविच्छेद भएको खुलेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विज्ञप्ती जारी गर्दै दुर्घटनाग्रस्त हेलिकप्टर काठमाडौंबाट उडेको ३ मिनेटपछि सम्पर्कविहीन भएको उल्लेख गरिएको छ ।

रसुवाको स्याफ्रुबेसीका लागि हेलिकप्टर काठमाडौबाट १ः४५ बजे उडेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *