ब्रेन क्यान्सर पीडित केसीलाई रु. ५३ लाख सहयोग


आदर्श अनलाइन, बागलुङ
ब्रेन क्यान्सबाट पीडित बागलुङ बजारका राजु केसीको उपचारका लागि चालिएको एक हप्ते आर्थिक सहयोग संकलन अभियानमा रु. ५३ लाख ३१ हजार सहयोग संकलन भएको छ ।

संकलित रकम शुक्रबार पत्रकार सम्मेलन मार्फत राजु केसीका बुबा राम बहादुर केसीलाई उपचारका लागि संकलन गरिएको रु. ५३ लाख ३१ हजारको चेक हस्तान्तरण गरिएको छ ।
परिवारको आर्थिक अवस्थाले थेग्न नसकेपछि केसीको उपचारमा नेपालबाट रु. ५० लाख संकलन गर्ने लक्ष्य रहेपछि रु. ५३ लाख सहयोग संकलन गर्न सफल भएको र विदेशमा समेत उठेको सहयोगले झण्डै रु. एक करोड रकम उपचारका लागि जुटेको राजु केसी सहयोग मुल समितिका संयोजक जगदिश चन्द्र उपाध्ययाले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिका–२ हल्लन चोकका ब्रेन क्यान्सर पीडित राजु केसीको उपचारका लागि सहयोग संकलन अभियानलाई स्थगन समेत गरिएको उपाध्ययाले जानकारी दिनुभयो ।
ब्रेन क्यान्सर पीडित केसीको अष्ट्रेलियाको मेलबर्नमा उपचार भइरहेको छ । केसीको उपचारमा हालसम्म परिवारले रु. एक करोड ५० लाख खर्च गरिसकेको राजु केसीका बुबा राम बहादुर केसीले जानकारी दिनुभयो ।

लामो समय बागलुङका सामाजिक क्रिर्याकलापमा सक्रिय केसी ब्रेन क्यान्सरको समस्याले अस्पतालमा उपचाररत हुनुहुन्छ । वर्ष अगाडीदेखि क्यान्सरको संक्रमण भएका केसीलाई परिवारका सदस्यले धेरै रकम खर्चेर उपचार गरिरहेका छन् ।

परिवारका सदस्यले झण्डै रु.एक करोड ५० लाख खर्चेर पनि निको नभएकोले थप उपचारका लागि सहयोगको याचना गरेको गरिएको थियो । सहयोग संकलन अभियानमा बागलुङका विभिन्न व्यक्ति, संघ संस्था, विद्यालय, टोल समूह, आमा समूह र सहकारीका सदस्यहरुले सहयोग गरेका उपाध्ययाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *