अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बागलुङ रन, लियो-लायन्स म्याराथन हुने

बागलुङ

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा लायन्स क्लब अफ बागलुङ कालीगण्डकी र लियो क्लब अफ बागलुङ कालीगण्डकीको आयोजनामा बागलुङ रन, लियो-लायन्स म्याराथन दौड हुने भएको छ ।

साउन २८ गते सोमबार विहान ६:३० बजेदेखि शुरू हुने म्याराथनमा ४ किलोमिटरको दुरी बागलुङ कालिका मन्दिर देखी उपल्लाचौर एटिएम चोकसम्म दौड हुने छ ।

म्याराथन दौडमा सहभागिताका लागि साउन २६ शनिबार साँझ ५ बजेसम्म नि: शुल्क दर्ता गराउन सकिने आयोजकले जानकारी दिएको छ ।

त्यस्तै म्याराथनमा प्रथम स्थान हासिल गर्नेले नगद ५ हजार, पदक र प्रमाणपत्र, दोस्रो स्थान हासिल गर्नेले नगद ३ हजार, पदक र प्रमाणपत्र तथा तेस्रो स्थान हासिल गर्नेले नगद २ हजार, पदक र प्रमाणपत्र प्राप्त गर्ने लियो क्लब अफ बागलुङ कालीगण्डकीका संस्थापक अध्यक्ष सुगम खड्काले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा प्रेरणा, प्रोत्साहन र स्वास्थ्यको लागि प्रत्येक यस प्रकारका कार्यक्रमको तयारीमा रहेको खड्काले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *