जैमिनीमा गोठ भत्किँदा एक जना घाइते

आदर्श अनलाइन, बागलुङ
बागलुङको जैमिनीमा गोठ भत्किँदा एक बालिका घाइते भएकी छन् । जिल्लाको जैमिनी नगरपालिका–१ काल्नेका स्थानीय छविराम रेग्मीको गोठ भत्किँदा १६ वर्षीया मञ्जु शर्मा घाइते भएकी हुन् । गाेठ भत्किँदा पुरिँएर एक भैँसी र गोरु मरेका छन् ।

घाइते शर्माको उद्धार गरि जैमिनी नगर अस्पतालमा ल्याएर उपचार गरि रहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । शनिबार विहान एक्कासी गोठ भत्किएर पूर्ण रुपमा क्षति भएको उपप्रमुख शर्मा बताउनुहुन्छ ।

घटनाको खबर पाउँदा साथ प्रहरी, जनप्रतिनिधि र स्थानीयको सक्रियतामा उद्धार गरि रहेको उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *