होटल व्यवसायमा सफलता कमाउदै कुँवर

आदर्श अनलाइन, बागलुङ

शिक्षक पेशा छोडेर होटल व्यवसायमा लागेका काठेखोला गाउँपालिका–७ रेशका ताल बहादुर कुँवरको होटल व्यवसायको अनुभवले २० वर्ष नाघ्यो । बागलुङ बजारको जीपपार्क चोकको सानो घरमा होटल सितलको नामबाट २०६० साल फागुन १ गतेबाट थालेको होटल व्यवसाय भिआईपी होटलका रुपमा परिणत भइसकेको छ ।

सानो घरबाट होटल व्यवसाय थाल्नुभएका कुँवर अहिले बागलुङ बजारको उपल्लाचौरबाट भिआईपी होटलबाट सेवा दिन थाल्नुभएको छ । चार कोठा बाट शुरु गरेको होटल व्यवसाय बढ्दै २४ कोठामा पुगिसकेको कुँवरको भनाई छ ।

No description available.

१२ वर्षदेखि सिवधाराचोकको होटल सितल पार्टीप्यालेसको नामबाट सञ्चालन गरिदै आएको होटल हालैमात्र उपल्लाचौर बागलुङ बसपार्क संगैबाट सेवा दिन थालिएको हो । १४ वटा एसी र १० वटा ननएसी सहितका सुविधा सम्पन्न कोठा, रेष्टुराँ, दुई वटा सभाहल, प्रयाप्त पार्कीङ सुविधा सहित कुँवरले साविकको रेड एप्पल भएको होटललाई नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याउनुभएको छ ।

शिक्षक छोडेर होटल व्यवसायमा

शैक्षिक क्षेत्रमा स्नातक सकेर स्नातकोत्तर अध्ययन गर्ने सपना देख्नुभएका कुँवर शिक्षक पेशालाई तीन वर्षमै बीट मारेर होटल व्यवसायमा लाग्नुभएको हो ।

“तीन वर्ष काठेखोला गाउँपालिका–८ स्थित लेखानी माध्यामिक विद्यालयमा अध्यापन गरे, पारिवारिक समस्या थियो, डिग्री पढ्ने सपना त्यागेर विदेश जाने सोच नभएको हैन, अलिअलि रकम विदेश जाने चक्करमा डुबाइयो, एक दुई वर्ष होटल चलाम त्यसपछि बिक्रि गरेर विदेश जानुपर्ला भनेको थिए, तर होटल व्यवसायमा निरन्तर सफलता पाउदै आज २१ वर्षमा पुगिसके” कुँवरले भन्नुभयो “होटल व्यवसाय २० वर्ष पहिला रहर नभएर बाध्यता बन्यो, अहिले जिल्लाकै ठूलो होटल मध्ये आफ्नो सितल होटल पर्न थालेको छ, पाउनालाई ढुक्क संग राख्न सक्नेभएका छौं, २० वर्षमा धेरै उताढ चढाव आए, अहिले सितल होटल तथा पार्टी प्यालेसलाई रु. २ करोड लगानी थपेर उपल्लाचौरबाट सेवा दिन थालेको छु ।”

No description available.

पछिल्लो समय बागलुङमा पर्यटकीय गतिविधि बढ्दै गएपछि ठूला होटलको आवश्यकता खड्कदै गएको पाइएको उहाँको भनाई छ ।

२४ वटा सुविधा सम्पन्न कोठा
रु. दुई करोड लगानीमा नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको होटल सितल एण्ड पार्टी प्यालेसमा जम्मा २४ सुविधा सम्पन्न कोठा रहेका छन् । जसमध्ये १४ वटा कोठा एसी सहितका छन् भने १० वटा कोठा नसएसी रहेका छन् ।

एकरात सुतेको कोठाको सुविधा हेरेर दुई हजार देखि तीन हजार सम्म रकममा बुक गर्न सकिने कुँवरले बताउनुभयो । १२ वर्ष शिवधाराचोकबाट १० वटा कोठासहितको होटलबाट सेवा दिदै आएकोमा शान्त वातावरण, पार्कीङ, सुविधा सम्पन्न हल, बिबाह तथा पार्टीका लागि समेत उपयुक्त भएकाले उपल्लाचौरको पाँच तले नयाँ भवनबाट सेवा दिन थालेको कुँवरको भनाई छ । होटलमा पर्याप्त पार्कीङको समेत सुविधा रहेको छ ।

“होटलका लागि पार्कीङ सुविधा महत्वपूर्ण रहेछ, बजार भित्र पार्कीङको समस्या थियो, बिबाह र पार्टीका लागि समेत उपयुक्त स्थान नभएपछि उपल्लाचौर स्थित बागलुङ बसपार्क नजिकै नयाँ व्यवस्थापनका साथ होटल सञ्चालनमा ल्याएको छु” कुँवरले भन्नुभयो “२० वर्षको होटल व्यवसायको अनुभव, सम्पर्क र समन्वय, सामाजिक कार्य लगायतका कारण होटल चल्नेमा समस्या छैन, बागलुङमा सुविधा सम्पन्न होटलको अझै खाँचो रहेको छ ।” कुँवरले बागलुङमा स्टार होटलको खाँचो रहेको बताउनुभयो ।

कुँवरले नयाँ व्यवस्थापमा सञ्चालनमा ल्याएको सितल होटलमा बिबाह समारोह तथा पार्टीका लागि समेत बुकिङ खुल्ला गरिएको जानकारी दिनुभयो । कुँवरले मासिक एक लाख भाडा तिर्नेगरी १५ वर्षका लागि उक्त घर सम्झौता गरेर होटल सञ्चालनमा ल्याउनुभएको हो ।

कुँवरले होटल सञ्चालन गर्दै गर्दा धेरै पाहुँना आउदाको दिन हुँने समस्याले हैरान परेकाले २४ कोठाको होटल सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले एक बसमा पहुँना आउदाको दिन होटलले कोठा छैन भन्ने अवस्थाको अन्त्यका लागि २४ कोठाको सुविधा सम्पन्न लग्जरी होटल सञ्चालनमा ल्याएको बताउनुभयो ।

२४ कोठामध्ये अधिकांश कोठामा बाहिर निस्केर दृश्यालोकन गर्न सकिने व्यवस्था मिलाइएको छ । पछिल्लो समय पोखरा तथा कुश्मा र म्याग्दीमा खुलेका सुविधा सम्पन्न होटलमा जस्तै कोठाको सुविधालाई बढाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *