मजदुरले सरसफाइ गरे पर्यटकीय स्थल लभ्ली हिल

आदर्श अनलाइन, म्याग्दी
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजार तथा धौलागिरी हिमालको दृष्यावलोकनका लागि निकै आकर्षक पर्यटकीय गन्तव्य लभ्ली हिलको मजदुरहरुले सरसफाइ गरेका छन् ।

नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन(क्युपेक) नेपालको अगुवाईमा लभ्लीहील क्षेत्र सरसफाइ गर्नुका साथै फोहोर राख्नका लागि डस्टबिन समेत राखिएको छ । व्यवस्त कार्यतालिका हुने मजदुरहरुले आफ्नो कामबाट छुट्टी लिएरै पर्यटकीय स्थल लभ्लीहिलको सरसफाइ गरिएको क्युपेक नेपालकी केन्द्रीय सचिव बलादेवी राईले जानकारी दिनु भयो ।

आफै ज्याला लिएर काम गर्ने मजदुरहरुले आफ्नो ज्यालाबाट आएको रकम समेत छुट्याएर सामाजिक क्षेत्रमा समेत लगानी गर्ने गरेको उहाँको भनाई छ । सदरमुकाम बेनी नजिकै रहेको लभ्लीहिलमा आन्तरीक पर्यटकहरुको आगमन निकै हुने गरेको छ ।

आन्तरीक पर्यटकहरुका लागि सुन्दर नगरी बेनी बजारको तस्बीर खिच्न तथा धौलागिरी हिमालको अवलोकनका लागि पनि बेनीबाट नजिकैबाट सहज हुने भएकाले पनि लभ्लीहील आन्तरीक पर्यटकहरुको रोजाइको गन्तव्य रहेको लभ्लीहिलका व्यवसायी चन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

क्युपेक नेपाल जिल्ला कमिटीको आयोजना तथा क्युपेकका युवाहरुको सक्रियतामा मजदुरहरुले लभ्लीहिलमा सरसफाइ गरी फोहोर संकलन गरेर नष्ट गर्ने काम गरेका थिए । साथै लभ्लीहिलमा सागर छन्त्याल र चन्द्र गैरेको आर्थिक सहयोगमा क्युपेक नेपालले लभ्लीहिलमा डस्टबिन राखेको केन्द्रीय सचिव राईले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *