ढोरपाटनमा ट्रिपर दुर्घटना तीन घाइते


आदर्श अनलाइन, बागलुङ

बागलुङको ढोरपाटन–६ स्थित खर्चुङमा ट्रिपर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

ट्रिपर अचानक सडकबाट २५ मिटर तल खसी दुर्घटना हुँदा ट्रिपर चालक ढोरपाटन–६ निवासी राज कुमार विक, सोही स्थानका तिर्थमान बुढा र हिमाल बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो ।

गादीखोलाबाट चामेद्वारतर्फ जाँदै गरेको प्रदेश ३–०१००३ क ५१७२ नम्बरको ट्रिपर दुर्घटनामा परेको हो । घाइतेलाई उद्दार गरी उपचारका लागि बुर्तिवाङ स्वास्थ्य केन्द्र तर्फ ल्याईको यादवले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *