प्राथमिकतामा आलु र सुन्तला प्रवर्द्धन कार्यक्रम

आदर्श अनलाइन, बागलुङ

कृषि ज्ञान केन्द्र बागलुङले चालु आर्थिक वर्षमा आलु तथा सुन्तला प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । कृषि ज्ञान केन्द्र बागलुङले आलु उत्पादन बढाउन गत आर्थिक वर्षको कार्यक्रम सफल भएपछि यस बर्ष समेत आलुलाई उच्च प्राथमिकतामा राखेर बजेट आएको जनाएको छ ।

चालु आर्थिक वर्षको कुल बजेटको ३५ प्रतिशत बजेट आलुको उत्पादनदेखि प्रशोधन सम्मको कार्यक्रमका लागि बजेट बिनियोजन गरिएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले जानकारी दिनुभयो ।

उहाँले चालु आर्थिक वर्षका लागि बिनियोजन भएको रु. ६ करोड ३८ लाख बजेट मध्ये आलुखेती बिस्तार देखि आलुको प्रशोधन सम्मको कार्यक्रमका लागि रु. एक करोड ४९ लाख बजेट बिनियोजन गरेको बताउनुभयो ।

समुदायस्तरमा प्रशोधनयोग्य खायन आलु प्रवर्धन आयोजना अन्र्तगत सिचाई पूर्वाधार सहयोग, यन्त्रिकरण, आलुको बीउमा सहयोग, बाली कटानी, आलुको प्याकेजीङ तथा बजारीकरण, आलुको बीउ उत्पादनमा सहयोग र आलुको बीमा सुल्कमा अनुदान लगायतका कार्यक्रम ल्याइएको छ ।

आलु प्रवर्धन कार्यक्रमले आलुको क्षत्रफल वृद्धि हुने अपेक्षा गरिएको छ । यस्तै कृषि ज्ञान केन्द्रले आलु पछि सुन्तलालाई प्राथमिकता दिएर बजेट ल्याएको छ । सुन्तला जातको फलफूल विकास आयोजनाका लागि कृषि ज्ञान केन्द्रले रु. ९३ लाख बजेट बिनियोजन गरेको छ ।

सुन्तलाको बगैचा सुधार, सुन्तला किसानलाई तालिम, बाली कटानी, यन्त्रिकरण, सिँचाई व्यवस्थापन, सुन्तलाको नयाँ बगैचा विस्तार, सुन्तलाको पुराना बगैचाको सुधार र सुन्तलाको बीमा लगायतका कार्यक्रम गरिने भएको छ ।

“कृषि ज्ञान केन्द्रले आलुु र सुन्तलालाई बढी प्राथमिकतमा राखेको छ, गत वर्ष समेत आलु खेती विस्तार भएको थियो, अहिले आलु सहित सुन्तला र खाद्यन्न बाली कार्यक्रमलाई बढी प्राथमिकतामा राखेका छौं” कार्यालय प्रमुख राजेश्वर सिलवालले भन्नुभयो “बागलुङ आलु र सुन्तलाको अत्यन्तै संभावना भएको र आर्थिक हिसाबले समेत फाइदाजनक रहेको पाइन्छ, पछिल्लो समय आलु खेती बिस्तार र सुन्तला खेती बिस्तार भएको छ, एक वर्षमा झण्डै रु.२० करोडको सुन्तला निर्यात भएको छ भने गत वर्ष २ हजार ७०० रोपनी क्षेत्रफलमा आलुखेती गरिएको छ ।”

कृषि ज्ञान केन्द्रका अनुसार खाद्यन्न बाली प्रवर्धन अन्र्तगत रु. ३७ लाख ४० हजार बजेट बिनियोजन गरिएको छ । यस्तै मसला तथा निर्यातयोग्य बाली प्रवर्धनका लागि रु. ८ लाख रैथानेबाली प्रवर्धनगर्नका लागि रु. १४ लाख, जलवायुमैत्री प्रविधि प्रवर्धन गर्न रु.१० लाख, पोषण सुरक्षा कार्यक्रम अन्र्तगत रु. ४ लाख बजेट बिनियोजन गरिएको ज्ञान केन्द्रले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *