अस्पताल बन्द गर्ने मुक्तिनाथलाई बागलुङ नगरले स्पष्टिकरण सोध्यो

आदर्श अनलाइन, बागलुङ

कोरोनाको जोखिम र संकट बढ्दै गइरहेका बेला अचानक मंगलबार बन्द गरिएको मुक्तिनाथ अस्पताललाई बागलुङ नगरपालिकाले स्पष्टिकरण सोधेको छ ।

जिल्ला सदरमुकाममा २४ सै घण्टा स्वास्थ्य सेवा दिने उद्घोष सञ्चालित अस्पताल मंगलबार दिउसो सुचना टाँस गरेर दुई तीन दिनका लागि भन्दै बन्द गरिएको थियो ।

कोरोनाका कारण देश पुरै लक डाउन भएको र स्वास्थ्य क्षेत्रलाई अत्यावश्यकीय क्षेत्रको रुप्मा रहेको र त्यस्तो क्षेत्र बन्द गर्न नगर्न गरेको आग्रह विपरित अस्पताल नै बन्द गरेकाले कारण सहित २४ घण्टा भित्र स्पष्टिकरण पेश गर्न पत्राचार गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डपाणी शर्माले जानकारी दिए ।

नगरपालिकाको स्पष्टिकरण पत्र जस्ताको तस्तै

अस्पताल जस्तो संवेदनशिल क्षेत्र यस्तो संकटको घडीमा सूचना टाँस गरेर बन्द गर्नु गैर जिम्मेवारीपूर्ण कार्य भएकाले स्पष्टिकरण सोधिएको नगरपालिकाका मेयर जनकराज पौडेलले बताए । राष्टलाई पर्न सक्ने यस संकटपूर्ण घडीमा के कति कारणले अस्पताल बन्द गरिएको हो ?’ मेयर पौडेलले भने, ‘पत्र प्राप्त भएको मितिले २४ घण्टा भित्र स्पष्ट बिवरण उल्लेख गरि पेश गर्न भनेका छौ । यस बेलामा सबैले जिम्मेवारीपूर्ण भुमिका निर्वाह गर्नुपर्ने मेयर पौडेलको भनाई छ ।

मुक्तिनाथ अस्पतालले कोरोनाको जोखिम बढ्दै गएको परिवेशमा स्वास्थ्य सामग्री नभएको र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले असुरक्षित भएको बताए पछि केहि दिनका लागि अस्पताल बन्द गर्ने सटरमा सुचना टाँस गरेर बन्द गरेको थियो । तर, सञ्चार माध्यम, सामाजिक सञ्जालमा तिव्र आलोचना भए पछि बन्द गरिएको चार घण्टा पछि खुलाइएको थियो ।

यो पनि पढ्नुहोस्

अस्पताल बन्द गर्ने मुक्तिनाथलाई बागलुङ नगरले स्पष्टिकरण सोध्यो

  1. हैसियत ठुलाे रहेछ नगरकाे, बजेट प्रस्तत हुने भएकाले हाेला नगरकाे हैसियत उच्चाे भएकाे, चासाेका लागि धन्यवाद दिनै पर्छ तर नगरले दिएकाे सुविधा र सुरक्षा पनि भाेगेकै छन्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *