गण्डकीको चार जिल्लामा विद्युतीय चुलो प्रवर्द्धन गरिँदै

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशको चार जिल्लामा विद्युतीय चुलो प्रवर्द्धन गर्न थालिएको छ । नेपाल विद्युतीय चुलोको दीगो बजार विकास परियोजना अन्तरगत जिआइजेट/इनडेभ संस्थाको सहयोग तथा धौलागिरी सामुदायिक स्रोत विसका केन्द्र (डीसीआरडीसी) बागलुङ र प्राटिकल एक्सन नेपालको सहजीकरणमा म्याग्दी, कास्की, तनहुँ र गोरखामा चुलो प्रवर्द्धन गर्न थालिएको हो ।

गाउँ–गाउँसम्म विद्युतीय चुलो पु¥याई विद्युत खपत बढाउनका लागि चुलो प्रवर्द्धन गर्न थालिएको धौलागिरी सामुदायिक स्रोत विसका केन्द्र (डीसीआरडीसी) बागलुङकी अध्यक्ष सिर्जना थापाले बताउनुभयो । उहाँका चार जिल्लामा सात हजार विद्युतीय चुलो वितरण गरिने छ । ११ महिनासम्म संचालन हुने उक्त कार्यक्रममा विपन्न परिवारलाई प्राथमिकतामा राखेको अध्यक्ष थापा बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – “आधुनिक प्रबिधिको विकाससँगै अब गाउँ–गाउँसम्म पनि विद्युतीय चुलो पु¥याउनु पर्छ भन्ने हिसाबले यो कार्यक्रम अगाडि बढाएका छौँ, विद्युतीय चुलोको प्रयोगले वातावरण स्वच्छ रहने, नागरिकको समय व्यवस्थापन हुनेछ, विद्युतको खपत पनि बढाउने यो कार्यक्रमको उद्देश्य हो ।”

परियोजनाले उपभोक्तालाई एउटा चुलोमा दुई हजार ७० रुपैयाँ सहुलियत दिनेछ । त्योसँगै विपन्न परिवारका लागि भान्छाकोठाको वाइरिङ गरिने र चुलो मर्मतका लागि तालिमसमेत दिइने परियोजनाका वरिष्ठ परियोजना अधिकृत हिमाल चौलागाइँले जानकारी दिनुभयो । उहाँले उपभोक्ताको विद्युत महशुलसमेत परियोजनाले व्यवस्थापन गरि दिने बताउनुभयो ।

परियोजनामा आवद्ध कर्मचारीलाई बागलुङमा एक कार्यक्रमको आयोजना गरि जानकारी गराइएको छ । उनीहरुलाई परियोजना म्यानेजर वाशुदेव उपाध्याय र इनर्जी थिमेटिक लिडर मीन विक्रम मल्लले परियोजनाको मोडालिटिको बारेमा प्रशिक्षण दिनु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *