होस्टेलबाट भागिन, पुलबाट बेपत्ता भइन

आदर्श अनलाइन, बागलुङ
धौलागिरी बहिरा आवासीय माध्यामिक विद्यालयमा अध्ययनरत छात्रा तारा अदै बागलुङ पर्वत जोड्ने लामो झोलुङ्गे पुलबाट खसेर वेपत्ता हुनुभएको छ ।

विद्यालयको होस्टेलमा बस्दै आउनुभएकी अदै होस्टेल पछिको पर्खालबाट हाम फालेर भागेकी थिइन । होस्टेलबाट भागेर नजिकैको गण्डकी गोल्डेन वृजमा पुगेर पुलबाट हाम फालेर बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख ऋषिराम कँडेलले जानकारी दिनुभयो ।

ढोरपाटनको बोबाङ घर भई बागलुङ नगरपालिका–१ रामरेखा स्थित धौलागिरी बहिरा आवासीय माध्यामिक विद्यालयको नौ कक्षामा अध्ययनरत छात्रा पुलबाट हाम फालेर बेपत्ता भएपछि खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको छ ।

विद्यालयका प्रधानध्यापक रेशम श्रीसले होस्टेलमा रहदै आएकी बालिका होस्टेलबाट बेपत्ता भएको जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *