चिल्ड्रेन लाईफका हजार बढी विद्यार्थीहरुलाई एक दिने आँखा शिविर

रोहन जि.सी, बागलुङ

बागलुङ नगरपालिका वडा नम्बर १ स्थित चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलमा विद्यार्थीहरुका लागि एक दिने आँखा दृष्टि परिक्षण शिविर बिहिबार सम्पन्न भएको छ ।

चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल जुनियर रेडक्रस सर्कल र बागलुङ जेसीजको आयोजना, लायन्स क्लब अफ धौलागिरी बागलुङ तथा लियो क्लब अफ धौलागिरी बागलुङको सहआयोजना, सफल चश्मा तथा आँखा क्लिनिकको प्राविधिक सहयोग समन्वयमा शुक्रबार एक दिने आँखा दुष्टि परिक्षण शिविर सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलका प्रधानध्यापक नवराज श्रेष्ठले दुबै आँखाको उपचारपछि विद्यार्थीहरुलाई खर्च र समयको बचत भएको बताउनुभयो । उहाँले विद्यालयले विद्यार्थीहरुका लागि आयोजित गरेको सामाजिक कार्यक्रमबाट अन्य विद्यालयहरुलाई एउटा सकारात्मक सन्देश दिनेमा जोड दिनुभयो ।

उक्त शिविरमा चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलका कक्षा १ देखि १० कक्षा सम्मका विद्यार्थी एंव शिक्षक कर्मचारी गरी १२०० जनाको आँखा परीक्षण गरिएको चिल्ड्रेन लाईफ जुनियर रेडक्रस सर्कलका उपाध्यक्ष रक्षा शर्माले जानकारी दिनुभयो ।

शिविरको क्रममा ४७ जनाले चश्मा लगाउन पर्ने देखिएको नेत्र सहायक समेत रहनुभएका बागलुङ जेसीजका अध्यक्ष गणेश महतोले जानकारी दिनुभयो ।

शिविर चिल्ड्रेन लाईफ जुनियर रेडक्रस सर्कलका अध्यक्ष नकुल गिरीको अध्यक्षता, सचिव सुवास्ना भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *