मुस्ताङको स्याउ टिप्ने मिति तय


अमृत बास्कुने, म्याग्दी

हिमालपारीको जिल्ला मुस्ताङमा फलेका स्याउ टिप्नका लागि सर्व पक्षिय बैठकले मिति तय गरेको छ । समय नपुग्दै स्याउ टिपेर बजार पठाउँदा स्याउको आफ्नो रङ तथा गुणस्तर नआएको भन्ने गुनासो बढ्न थालेपछि पछिल्लो तीन वर्ष देखि मिति तय गरेर स्याउ बजार पठाउन थालिएको हो ।

गत वर्ष असोज १ गते बाट मात्रै स्याउ टिपेर बजार पठाइएको भए पनि यस वर्ष भने स्याउको जातका आधारमा टिप्ने मिति तय गरीएको छ । जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख मायाँ गुुरुङको अध्यक्षतामा बिहीबार जोमसोममा भएको बैठकले स्याउ टिप्ने मिति तय गरेको हो ।

मुस्ताङमा उत्पादन भएको स्याउको उपयुक्त समयमा टिपाई गरेमा स्याउको स्वाद र गुणस्तर राम्रो हुने र आम स्याउ उपभोक्तामाझ मुस्ताङमा उत्पादीत स्याउको ख्याती राम्रो रहने र कृषकले राम्रो मूल्य पाउने विषयलाई मध्यनजार गर्दै स्याउका जतिय गुण नुसार स्याउ टिप्ने निर्णय भएको समन्य प्रमुख गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाला प्रजातिको स्याउ भदौ १० गते पछि टिप्न पाइने छ । त्यस्तै किङ रोट रेड डेलिसियस प्रजातिको स्याउ भदौ १५ पछि टिपेर बिक्री गर्न पाइने भएको छ । त्यसैगरी रोयल डेलिसियस, रेड डेलिसियस, गोल्डेन डेलिसियस, फुजी लगायतका स्याउहरु स्वाद गुलियोपन तथा गुणस्तरलाई ध्यान राख्दै असोज १ गते पछि मात्रै टिप्न उपयुक्त हुने निर्णय भएको उहाँले जानकारी दिनुभयो । सबै स्थानीय तहमा नै उक्त निर्णय कार्यान्वयन हुने जनाइएको छ । बैठकमा गाउँपालिकाका अध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी, कृषि ज्ञान केन्द्र, भेटेरीनरी अस्पताल, स्याउ जोन, स्याउका अगुवा कृषकहरुको सहभागीता रहेको थियो ।

मुस्ताङमा पछिल्ला दिनहरुमा इटालीयन उच्च घनत्वको स्याउ खेती विस्तार हुँदै आइरहेको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिनुभयो । मुस्ताङमा उच्च घनत्वका स्याउका झण्डै दुई लाख बिरुवा आइ सकेको उहाँको भनाई छ ।

रेडडेलिसियस, रोलय डेलिसियस, गोल्डेन डेलिसियस र रिचारेड डेलिसियस जातका स्याउ खेती हुँदै आइरहेको छ । त्यस्तै नयाँ जातका अर्थात् उच्चघनत्वको स्याउ खेतीतर्फ गाला, फुजी, गोल्डेन डेलिसियस, किङरोट, रेड डेलिसियस र जोनाप्रिन्सका विरुवा लगाइएको छ । यस वर्ष स्याउको उत्पादन गत वर्ष भन्दा राम्रो देखिएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *