बागलुङका दैनिक उपभोग्य पसलमा दुरी कायम

आदर्श अनलाइन, बागलुङ

नोबेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम बढेसँगै बागलुङमा अत्यावश्यकीय पसलमा पनि दुरी कायम गरिएको छ ।

बजारका दैनिक उपभोग्य पसलमा विहान र साँझ भीडभाड हुन थालेपछि उद्योग बाणिज्य सघंको पहलमा ग्राहकहरुको लाइनको रेखांकन गरिएको छ ।

रेखांकन गरिए पछि पसलहरुमा पनि भीड नहुने र कोरोनाको जोखिम रोकथाममा सहयोग पुग्ने बागलुङ उद्योग बाणिज्य सघंका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिए । दैनिक उपभोग्य पसलहरुलाई नेपाल सरकारले अत्यावश्यकमा राखेको छ । जसका कारण अरु व्यापार व्यावसाय बन्द गरिए पनि किराना दैनिक उपभोग्य सामानका पसल भने सञ्चालनमा छन् ।

बागलुङमा पछिल्लो समय कोरोनाको जोखिम बढि देखिएको छ । खासगरी भारत सहित बिभिन्न देशबाट आएकाहरुबाट जोखिम देखिएको छ । धौलागिरी अञ्चल अस्पताल मार्फत कोरोना आंशकामा दुई जनाको स्वाब परीक्षणको लागि पोखरा काठमाण्डौ पठाइएको छ ।

स्वाब संकलन गरिएका विरामी मध्ये बानपा–७ का पुरुषको धौलागिरी अञ्चल अस्पताल बागलुङमा आइसोलेसनमा राखेर उपचार भइरहेको धौलागिरी अञ्चल अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शैलेन्द्र वि पोखरेलले जानकारी दिए । कोरोना संक्रमित १९ बर्षिय महिलासँगै गत चैत ५ गते फ्रान्सबाट कतार हुँदै बागलुङ आएकी बागलुङ नगरपालिका–४ की एक महिलालाई भने घरमै क्वारेन्टाइनमा राखिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *