सवारी दुर्घटनामा चार जना घाइते

आदर्श अनलाइन, बागलुङ
बेनी जोमसोम सडक खण्डको बेनी नगरपालिका–९ गलेश्वर नजिकै बस दुर्घटना हुँदा चालक सहित चार जना घाइते भएका छन् ।

बेनी देखि तिप्ल्याङ तर्फ जाँदै गरेको ना५ख २८९८ नम्बरको बस दुर्घटना हुँदा बसका चालक सहित चार जना घाइते भएका हुन् । गाडीका चालक रघुगंगा गाउँपालिका–१ तिप्ल्याङका ३० वर्षिय रमेश खड्का, सहचालक बेगखोलाका २८ वर्षिय धनकुमार बुढा, तिप्ल्याङका २८ वर्षिय रोशन पुर्जा र रघुगंगा गाउँपालिका–३ पिप्लेका २९ वर्षिय भूमिराज रानामगर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो ।

दुर्घटना हुनासाथ प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठको नेतृत्वमा गएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि बेनी अस्पतालमा ल्याएको थियो । रघुगंगा गाउँपालिका–१ तिप्ल्याङका रोशन पुर्जालाई बेनी अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि पोखरा रिफर गरिएको बेनी अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *