नौ वर्षपछि बागलुङको प्रसिद्ध हनुमान नाच नचाइने

प्रेम छोटा
बागलुङको हनुमान नाच हाम्रो पौराणिक ग्रन्थ रामायणको मूल आधारमा नचाइने एक प्रमुख मानिन्छ । कतिपय बुढापाकाहरुको भनाइमा सुरु सुरुमा बागलुङ बजारको उत्तरदिशा पर्ने राधाकृष्णा टोलका तत्कालीन प्रमुख व्यक्तिहरुको काजी, चौधरी, माधवर चौधरी तत्पश्चात बागलुङ बजारको किराना टोलका पहलमा चौध लगाएत अन्य विश्वासिला व्यक्तिहरुको अग्रसरतामा (प्रधानकाजी) हनुमान नचाईएको सुन्नमा पाइन्छ ।

त्यसपछि बागलुङ बजार किराना टोलका अमबहादुर, शिव कुमार प्रधानको घर बन्नु भन्दा पहिले त्यहाँ स्थित खुल्ला चौर जस्तो खालि जग्गा थियो । तिनै खाली ठाउँमा विधिवत हनुमानको मूर्ति स्थापना गराई हनुमान नाच नचालइने गर्ने गर्दथ्यो । त्यसपछिका समयमा हनुमान नाचको मूलकाजी बाङ्गेहरुका पिता स्व.लक्ष्मीप्रसाद श्रेष्ठ र पछि पछिको समयमा स्वंय गणेशप्रसाद श्रेष्ठ –बाङ्गेगुरु) समेत प्रधानकाजी हनुमान भएर उत्त नाच सञ्चालन गर्ने गरेको यहाँका बुढापाकाहरुको मुखबाट सुन्न पाइन्छ । विसंस २०१३ सालदेखि सालदेखि नारायण चौक स्थित ठूलो चौपारी (भत्तिलाल चौपारी) निर खालि सडकमा उक्त नाच नचाउने चलन परम्परा आजसम्म पनि कायमै रही आएको छ ।

वि.सं २०१३ सालदेखि हनुमान नाचलाई व्यवस्थित रुपमा संचालन गराइनु पर्छ । बागलुङका नेवार जाति बाहेकका थकाली समुदायका जिम्मेवारी व्यक्ति वरिष्ठ समाजसेव ीओमप्रसा गौचनका छोरा ओमकारप्रसाद गौचन प्रधान (मूल) काजीको अग्रसरतामा हनुमाननाच बागलुङमा पुनः पहिलोपटक नचाईएको थियो । त्यसअघि बागलुङमा नचाइने हनुमानको प्रधानकाजी, त्यस समय को–को भए त्यसको खोज अनुसन्धान गर्न बाँकी नै छ । वि.सं. २०१३ सालमा प्रदर्शित हुनमान नाचको प्रधानकाजी ओमप्रसाद गौचन र त्यसको तीन वर्षपछि २०१५ सालमा स्थानीय क्षेत्रका अगुवा व्यक्ति स्व. पदम प्रसाद श्रेष्ठ त्यसको चार वर्षपछि पुनः दोस्रो पटक ओमकारप्रसाद गौचन प्रधानकाजी भएको प्रमाण भेटिन्छ ।

हनुमान नाचको परम्परा अनुसारका प्रत्येक बेजोड वर्षमा निकाल्नुपर्ने भएपनि यसक्रममा भंग हुँदै वि.सं. २०२५ साल अर्थात ६ वर्ष पछि बागलुङ अस्पतालमा सेवारत स्थानीय क्षेत्रका विश्वासी पात्र डाक्टर रामकुमार श्रेष्ठ, त्यस्तै ६ वर्षपछि वि.सं. २०३१ सालमा समाजसेवी नारायणप्रसाद श्रेष्ठ –परिषद अध्यक्ष तीर्थप्रसा श्रेष्ठका पिता) प्रधानकाजी भै नाच सञ्चालन गरेको देखिन्छ । त्यसपछि विसं. २०३५ सालमा बागलुङका वरिष्ठ समाजसेवी ओमप्रसाद गौचनको अग्रसरतामा उक्त नाच सञ्चालन भएको थियो । त्यस्तै विसं. २०३९ साल अर्थात त्यसको ४ वर्षपछि दोस्रो पटक बागलुङ नारायण चोक निवासी संस्कृतिकर्मी नारायणप्रसाद श्रेष्ठ(मलेपति) नै दोस्रोपटक प्रधानकाजी हुनुभै उक्त नाचलाई सञ्चालन गरेको पाइन्छ ।

विसं. २०३९ सालपछि , विसं. २०४६ र विसं. २०५१ सालमा प्रधानकाजी उनै नारायणप्रसाद श्रेष्ठ(मलेपति) नै भएको पाइन्छ भने विसं. २०५६ सालमा नेपाल वैंक रोड निवासी चिनिमान शाक्य प्रधानकाजी भै नाच गरेको पाइन्छ । विसं. २०६३ सालमा यो जिम्मेवारी बागलुङका युवा संस्कृतिकर्मी परशुराम श्रेष्ठको जिम्मामा सरेको देखिन्छ । उनको कार्यकालमा यसप्रकारको प्राचिनतम लोक नृत्यको महिमा र महत्वलाई जगाउन पर्छ भन्ने मूल मान्यता राखी परशुराम श्रेष्ठको कार्यकालमा पुराना मान्यतालाई तोडी सोही सालमा बागलुङ क्षेत्रबाट बाहिर छिमेकी जिल्ला गण्डकी अञ्चलको प्रमुख स्थान पोखरा हुँदै बुटवल र भैरहवासम्म प्रदर्शन गर्न लागेको पाइन्छ ।

विसं. २०६३ सालको आसपासमा काठमाडौ लगाएत उपत्यकाको मुख्य÷मुख्य शहर बाजारहरुमा विषेश गरि त्यस क्षेत्रका संस्कृतिकर्मी वा जिम्मेवारी व्यक्तिहरुको आग्रह बमोजिम तत् स्थानहरुमा नाच सञ्चालन गर्न लागिएको थियो । यो नाच अति नै खर्चिलो र झन्झटिलो हुने भएकाले एक क्षेत्रबाट अर्काे जिल्लाहरुम लैजान असजिलो पनि हुने भएकाले सजिलैसँग लगेको पाइदैन ।

विसं. २०७२ सालमा समाजसेवी तीर्थप्रसाद श्रेष्ठ प्रधानकाजी भै हनुमान नाच सञ्चालन गरिएको थियो । त्यसको ठीक ९ वर्षपछि हाल २०८१ साल भाद्र ११ गते मंगलबारको दिन विधिवत रुपमा उक्त पौराणिक तथा ऐतिहासिक नाच सुरुवात गर्ने गरी आवश्यक तालिम सञ्चालन भइरहेको छ । यस २०८१ को प्रधान काजी स्थानीय क्षेत्रका कलाकार ईश्वरप्रसाद मलेपतिद्वारा गर्ने तर्जुमा व्यवस्थापाक मण्डलबाट निर्णय गरियो ।

यो पौराणिक र ऐतिहासिक गौरव बागलुङको साँस्कृतिक क्षेत्रको मात्र नभएर सिंगो नेपाल राज्यको गौरवको विषय भएकाले यसप्रकारको ऐतिहासिक लोक नृत्य विश्व साँस्कृतिक सम्पदाको सूचिमा सुचिकृत गराइनु पर्दछ भन्ने तमाम संस्कृतिकर्मीहरुको भनाई रहेको बुझिन्छ । यस विषयलाई राज्यको तर्फबाट गहन विचार पु¥याइनु पर्दछ भन्ने धारणा आजभोली आजभोलीका पिढीमा रहेको पाइन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *