विषादीको विद्रूप


सम्पादकीय

रासायनिकविषादीको प्रयोग शहरदेखि गाउँ सम्म डरलाग्दो रुपमा फैलिँदै छ । चाहे दैनिकउपभोग्यखाद्यान्न तरकारी बालीहरुमाहोस् या फलफूलजन्यवस्तुहरुमाहोस् । किराहरुबाट जोगाउनहोस् या अत्यधिकफलअभिवृद्धि गर्न होस् या तरकारी, फलफूल छिटो ढिलो पकाउनहोस् । पछिल्लो समय सर्वत्र रासायनिकविषादीको बिक्रीवितरण र प्रयोग अत्यधिक देखिएको छ । जसको प्रत्यक्षअप्रत्यक्ष असर पनि देखिरहेको छ । तर, यसमाकिसान र उपभोक्ताहरुले नजर अन्दाजगरिरहेका छन् । तीनतहको सरकार, सरोकारवालानिकायपनिउस्तै गैरजिम्मेवार बनिरहेको छ । जसले लाखौं सर्वसाधारण नागरिकको स्वास्थ्यमाथिगम्भिर खेलवाड भइरहेको छ ।

विषादीको प्रयोगकति घातक हुन्छ भन्ने पछिल्लो एक तथ्य हेर्दा मात्रै पनिकाफी हुन्छ ।
गोरखाको गण्डकी गाउँपालिकाका ६१ जनाअहिले क्यान्सरपीडित छन् । अरू कतिपयलाई मिर्गाैला रोग लागेको छ । ती ६१ जनाको अर्काे समानताभनेको सबै किसानहुन् । सबैले व्यावसायिक खेतीकिसानीगर्दै आएका छन् ।सबैभन्दा धेरै एउटै वडा नं. २ मा १८ जना र वडा नं. ८ मा १५ जनायस्ताभत्तापाउने बिरामी छन् । वडा नं. ७मा सातजना र वडा नं. ६ मा ६ जनाक्यान्सरपीडित बिरामीछन् ।तरकारी खेतीमाविषादीको प्रयोग गर्नाले नै उनीहरू क्यान्सर र मिर्गाैलाको रोगीभएको प्रारम्भिकआँकलन छ । ती सबैलाई गण्डकी गाउँपालिकाले बिरामीभत्तादिने गरेको छ । मासिकपाँचहजार भत्ताबुझाइरहेको छ । तर, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले यतिभयानकतथ्यबारे अहिले सम्म गम्भिर अनुसन्धान, थप रोकथाम र सचेतताकालागि यथेष्ट कदमचालिरहेको छैन । व्यावसायिक खेतीकिसानीगर्दा विषादीको प्रयोग अत्यधिकहुने गरेको छ । छिटो फल्ने, ठूलो फल्ने र रोगकीराबाट बचाउने हुँदाकिसानविषादीमाआकर्षित र कतिपयअवस्थामाबाध्य हुन्छन् । तर विषादीले त्यतिमात्रै कामगर्दैन, यसलेक्यान्सरै पनिलगाउँदो रहेछ, वामिर्गाैला नै फेल गराउँदो रहेछ भन्ने बोध र सचेतता देखिएको छैन ।

तरकारी, फलफूल स्वस्थकर रुपमा नेपाली समाजमा लिइन्छ । तर, यस प्रकारको विषादीप्रयोग, त्यसको किसानमा परेको प्रत्यक्ष असर हेर्ने हो भने निकै डरलाग्दो अवस्थाबिद्यमान देखिन्छ । अझ विषादीप्रयोगगरिएका तरकारी, फलफूलखाएकाहरुमाकस्तो असर गरिरहेको होला?त्यो पाटो अझ डरलाग्दो छ । विषादीहालेको तरकारीले किसानलाई मात्रै नभई उपभोक्तालाई पनिहानी गर्छ ।तर नेपालमा तरकारीको विषादीनापजाँच गरेरमात्रै उपभोक्ताकहाँ पु¥याउने अभ्यास नै छैन । भएकाविषादीमापकयन्त्रहरू पर्याप्त र ठाउँठाउँमा छैनन् । प्रत्येक तरकारी बजारमात्यस्तो यन्त्र र सबैतिर जाँच गर्ने व्यवस्थाकालागि स्थानीय र माथिल्ला सरकारले तत्कालअनिवार्य व्यवस्था गर्नुपर्छ । अहिले देशव्यापी रुपमाविषादीको मनलाग्दीप्रयोग पनि नियन्त्रण र निगरानीआवश्यक छ । खासमाविषादीको नियन्त्रण फितलो हुँदा नै गोरखाको गण्डकी गाउँपालिकामाजस्तो घटना र तथ्य देखिन र भेटिन सक्छ । जहाँजहाँविषादीप्रयोगगरिन्छ, समस्या साझा हुनसक्छ । अब यो पाटोमा सरकार र सम्बन्धितनिकायले गहनअध्ययन, अनुसन्धान र त्यस मुताबिकको नीति, कार्यक्रम र कदमचाल्न जरुरी छ । तरकारीमाविषादी पूर्ण रूपमा रोक लगाउन सकिने अवस्थातत्काललाई छैन । तर विस्तारै कमगर्ने र पूर्णतःअर्गानिक खेतीमा लैजाने गरी तीन तहको सरकारबाट पहलकदमी हुनुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *