पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान


आदर्श अनलाइन, बागलुङ
घरायासी विवादको क्रममा कुटिएकी बडिगाड गाउँपालिका–१० दर्लिङको डहरे देउरालीकी ७३ वर्षीया पन्थी विकलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ०८१ भदौ १५ गते आर्थिक सहायता उपलब्ध गराएको छ ।

इन्सेकको ‘पीडित सहायत’ अन्तर्गत उपचार र न्यायका लागि भन्दै इन्सेक जिल्ला प्रतिनिधि सिर्जना पन्त मार्फत ५ हजार नगद सहयोग गरिएको हो । पीडितकी बुहारी ३६ वर्षीया होमकुमारी कामीले ०८१ भदौ ११ गते घरायासी विवादको क्रममा आफुलाई हँसियाले प्रहार गरि घाइते बनाएको भन्दै इन्सेककमा सहायताका लागि भदौ १४ गते निवेदन दिएकी थिइन् ।

पीडित पन्थीको धौलागिरी अस्पताल बागलुङमा स्वास्थ्य उपचार गरिएको छ । प्रहरीले आरोपित होमकुमारीलाई भदौ १२ गते गिरफ्तार गरेको छ । आरोपित विरुद्ध पीडित पक्षले भदौ १३ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा कर्तव्य ज्यान कसुर शिर्षकमा मुद्दा दर्ता गराएका छन् ।
आर्थिक अवस्था कमजोर भएकी पन्थीले इन्सेकको सहयोगले उपचारमा सहयोग पुर्याएको बताउनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *