समाज निर्माणमा संघ संस्थाको भूमिका महत्वपूर्ण : स्वास्थ्यमन्त्री पाठक

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले अनुशासित समाज निर्माण गर्न समुदाय स्तरमा स्थापित सामाजिक संघसंस्थाको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।

संघसंस्थाहरुले सामाजिक अभियन्ता तथा सामाजिक, राजनीतिक अगुवा नेतृत्वको निर्माण गरी समाज र राष्ट्रको असल र कुशल नेतृत्व निर्माणमा समेत भूमिका खेलेको बताए । बागलुङ जिल्ला काठेखोला गाउँपालिका वडा नं. ३, धम्जा, माझकटेरामा गौथली सामुदायिक विकास केन्द्रले आयोजना गरेको हरितालिका तीज मेला तथा खेलकुद प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथि रहेका मन्त्री पाठकले यस्तो बताएका हुन् ।

‘सहमति, सहकार्य र एकता माझकटेराको पहिचान, कला, संस्कृतिक, खेलकूद र विकास हाम्रो अभियान ’ भन्ने मूल नाराका साथ गौथली सामुदायिक विकास केन्द्रले २०४७ सालदेखि नै हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा वार्षिक रुपमा तीज महोत्सव सञ्चालन गर्दै आएकोमा खुशी पनि व्यक्त गरे ।

युवाहरु विदेशिने लर्को लागेको बेला गौथली सामुदायिक विकास केन्द्रका युवाहरुले यति राम्रो कार्यक्रम वर्षेनी गर्दै आएकोमा धन्यवाद व्यक्त गरे । यस ठाउँको स्वास्थ्य चौकीहरुको समस्या रहेको आफूले जानकारी पाएको र अब छिट्टै स्वास्थ्य चौकीहरुमा आफ्नो कार्यकालमा सुविधा सम्पन्न गर्ने बताए । एमाले प्रतिपक्षमा रहेको बेला पनि आफूले सधैँ सदनमा आवाज उठाएको र अहिले त आफै मन्त्री भएकाले समस्या समाधान गर्न तर्फ लाग्ने बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *