अध्यक्ष खड्कालाई मानार्थ ‘डाक्टर’को उपाधि

आदर्श अनलाइन, बागलुङ

कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्कालाई मानार्थ डाक्टरको उपाधी प्रदान गरिएको छ ।

भारत स्थित सोक्ररात सोसल रिसर्च युनिभर्सिटीले खड्कालाई सम्मानस्वरूप मानार्थ विद्यावारिधि (डाक्टर) को उपाधि प्रदान गरेको छ । सम्मानले समाजसेवामा थप सक्रिय हुन उर्जा थपेको कुमार खड्काले प्रतिकृया दिनुभयो ।

खड्कालाई शनिबार भारतको डिल्लीमा अवस्थित युनिभर्सिटीले उपाधि प्रदान गरिएको थियो ।
खड्काले दुई कार्यकाल सम्म बागलुङ कालिका भगवती मन्दिरको चौतर्फी विकासमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनु भएको छ ।



यस्तै बागलुङ नगरपालिका–१३ पैयुपाटा निवासी चन्द्र केसीलाई समेत मानार्थ डाक्टरको उपाथि प्रदान गरेको छ । केसी बलेवा काल भैरव मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *